‘चियाबारीको विशेषता, स्थानीयतालाई प्राथमिकता’

इलाम, पुसः समाचार प्रकाशन गर्ने परम्परागत शैलीलाई ब्रेक दिदै सानो भन्दा सानो मानिदै आएको समाचारलाई मुख्य समाचार बनाउने चियाबारी दैनिकका कारण पत्रिका सबैभन्दा लोकप्रिय भएको बुधबार इलाममा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । सहभागीले चियाबारी दैनिकले इलामको पत्रकारीताको इतिहासमा सबैभन्दा निडर पत्रिकाको रुपमा आफुलाई स्थापित गर्न सकेको प्रतिक्रिया दिए । 
चियाबारी दैनिकको प्रथम बार्षिक उत्सव समारोहमा सहभागी भएकाहरुले दैनिकलाई शुभकामना दिदै आगामी दिनमा समेत विगतको विडो थामेर लैजान सक्ने क्षमता चियाबारीले राख्ने अपेक्षा गरे । कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी सुजन फागोले चियाबारीले आफ्नो पत्रकारीताको आचार संहिता पालन गर्न नभुल्नको लागि अनुरोध गर्दै विगतमा झै निष्पक्ष समाचार प्रकाशनमा नरन्तरता पाउने कामना गरे । नेपाली काङ्ग्रेस इलामका सचिव खगेन्द्र देवान, एमालेका जिल्ला सदस्य नवराज शंकर, नयाँ शक्ति नेपालका डिल्ली चेम्जोङ, राप्रपाका धनबहादुर थापामगर, मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का दिलप्रसाद नेम्बाङ लगायतले शुभकामना मन्तव्य राख्दै मोफसलबाट प्रकाशन हुने दैनिक पत्रिकालाई टिकाएर लैजाने काम चुनौतीपूर्ण भएको भन्दै निरन्तरताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ इलाम शाखाका संस्थापक अध्यक्ष धर्म गौतम, पूर्वअध्यक्ष सटेन्द्र जवेगु, प्रेस चौतारीका अध्यक्ष कोकिला ढकाल, प्रेस युनियनका अध्यक्ष तोयानाथ भट्टराई, इलाम उद्योग बाणिज्य संघका अध्यक्ष आनन्द कट्टेल, क्रियाशील युवा व्यवसायी मञ्च इलामका अध्यक्ष प्रकाश चापागाईलगायतले आगामी दिनमा अझ ठूलो आकार रङ्गीन कलेवरमा पत्रिका प्रकाशन गर्दै पत्रिका प्रकाशनलाई निरन्तरता दिन सकोस् भन्ने शुभकामना दिएका थिए । 
कार्यक्रमका अध्यक्ष तथा चियाबारी राष्ट्रिय दैनिकका प्रधान सम्पादक धिरेन चेम्जोङले सबैको दिएको प्रतिक्रियाप्रति धन्यबाद ज्ञापन गरे । सहभागीताप्रति समेत धन्यबाद ज्ञापन गर्दै  चियाबारी दैनिकको पनि आफ्नोपन र ब्राण्ड नै स्थानीयतालाई प्राथमिकता दिने शैली भएको बताउदै उनले भने, ‘चियाबारीको विशेषता, स्थानीयतालाई प्राथमिकता नै हाम्रो मुल नारा हो ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment