इलाम, १३ फागुनः महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा विद्यार्थीहरुले पत्रकारलाई दुव्यवहार गरेका छन् । पत्रकार बन्दना राईमाथि उनीहरुले दुव्र्यबहार गरेका हुन् । विद्यार्थीहरुले क्याम्पसका महत्वपूर्ण वस्तुहरु तोडफोड तथा आगजनी समेत गरेका छन् ।
क्याम्पस परिसर भित्र रहेको संरचना तोडफोड र आगजनी गरेको तस्विर खिच्दैगरेकी राईको क्यामेरा खोसेर विद्यार्थीहरुले सबै तस्विर डिलिट गरिदिएका छन् । राईको क्यामेरामा रहेको क्याम्पसको मेच र कुर्सीहरु जलाएको तस्विरसंग्रह डिलिट भएको छ भने सो सँगै विद्यार्थीहरुले उनको अन्य फाइलहरु पनि डिलिट गरिदिएको पत्रकार राईले बताईन् । नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष विप्प्लव भट्टराईले दुव्र्यबहारको भत्र्सना गरेका छन् । उनले उच्छृङ्कल विद्यार्थीको पहिचान गरि कारवाही गरिदिन प्रशासनलाई आग्रह गरेका छन् ।

0 comments:
Post a Comment