इलाम, २२ चैत्र । इलाममा जारी तेश्रो अन्तराष्ट्रिय आमन्त्रण टुर्वोग माइभ्याली गोल्डकप अन्र्तगत अन्तिम क्वाटरफाइनलमा सिएमजी संकटा र विभागीय टिम एपिएफविच प्रतिस्पर्धा हुँदैछ । ठुलो टुडिखेलमा हुने खेलका एपिएफलाई संकटासँगको हारको बदला लिने अवसर हुनेछ । गत फागुनमा यि २ टोलीविच नेपालगञ्ज गोल्डकप, तिलोत्तमा गोल्डकप र बुढासुब्बा गोल्डकपको क्वाटरफाइनलमा भेट भएको थियो जस्मा संकटाले ३ खेल आफनो पक्षमा पार्दै सेमीफाइनल प्रवेश गरेको थियो । दुवै टिममा अन्तराष्ट्रिय खेलको अनुभव बटुलेका खेलाडीहरु समावेश छन । संकटा गत फागुनमा सम्पन्न तिलोत्तमा गोल्डकपको विजेता, सिमरा गोल्डकप, नेपालगञ्ज गोल्डकप र बुढासुब्बा गोल्डकपको उपविजेता हो । संकटाले नेपालगञ्ज गोल्डकप र तिलोत्तमा गोल्डकपको सेमीफाइनल प्रवेशका लागी एपिएफमाथी २–१ को जित निकालेको थियो भने बुढासुब्बा गोल्डपमा १–० ले बिजय हासिल गरेको थियो । एपिएफ दोश्रो संस्करणको माइभ्याली गोल्डकप र मेची नेत्रालय दोश्रो काँकडभिट्टा गोल्डकपमा झापासँग २–१ ले पराजित बन्दै उपबिजेता बनेको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment