नमीन ढकाल
इलाम, २२ चैत्र । विभागीय टिम एपिएफ इलाममा जारी तेश्रो अन्तराष्ट्रिय माइभ्याली गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । एपिएफले उपाधीको दावेदार सिएमजी संकटालाई १–० ले पराजिग गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । जितसँगै माइभ्याली गोल्डकपको सेमीफाइनल समिकरण पुरा भएको छ । आजको खेलमा बिजयी बनेको एपिएफले संकटासँगको हारको खडेरी तोडेको छ । एपिएफको जितमा खेलको १७ औ मिनेटमा नविन लामाले गरेको गोल नै निर्णायक बन्यो । संकटाको डिफेन्सको व्याकपास गोलकिपर बिशाल श्रेष्ठले होल्ड गर्नुपुर्व नै नविनले पोष्टको दिशा दिएका थिए । घरेलु दर्शको साथ पाएको संकटाले पाएका अवसर सदुपयोग गर्न नसक्दा पराजित बन्यो । ७ जना राष्ट्रिय खेलाडी सम्मिलित संकटाले विकास रनिङ शिल्ड, सिमरा गोल्डकप र तिलोत्तमा गोल्डकपको उपाधी जितेको थियो भने एपिएफले सातौ राष्ट्रिय खेलकुदको स्वर्ण पदक जितेको थियो । दुवै टिमले पाएको आधा दर्जन अवसरलाई गोलमा परिणत गर्न सकेन्न । पहिलो हाफ एपिएफ देखी नै एपिएफले संकटालाई दबाबमा राखेको थियो । संकटाका स्टाइकरहरुलाई निरन्तर दबाब सृजना गर्दै एपिएफले डिफेन्सीभ खेल प्रर्दशन ग¥यो । पहिलो हाफमा फितलो खेल प्रर्दशन गरेको संकटा दोश्रो हाफमा आक्रमक खेल देखाएपनि गोल गर्न नसक्दा क्वाटरफाइनलबाटै घर फर्कन बाध्य भयो । संकटा इलाममा पहिलो पटक सहभागी भएको हो । एपिएफ गत संस्करणमा झापासँग २–१ ले पराजित बन्दै उपबिजेतामा सिमित भएको थियो ।
खेलपछि प्रतिक्रिया दिँदै एपिएपmका प्रशिक्षक कुमार थापाले संकटा फर्ममा रहेका कारण आफना खेलाडीहरु तनावमा रहे पनि रक्षात्मक खेलका कारण बिजयी भएको बताए । ‘ संकटा राष्ट्रिय खेलाडीले भरिएको टिम भएकाले रक्षात्मक खेल्यौ त्यसैले खेल एपिएफमा रहयो । ७ जना राष्ट्रिय खेलाडी भएपनि उनीहरुलाई मुभ गर्न नदिँदा जित निस्किएको हो ’ यता संकटाका प्रशिक्षक राजेश तुलाधारले पुर्ण तयारी नभएकाले पराजित भएको बताए ।‘ एकै पटक फिल्डमा खेल्नुपरेकाले टिम सेट भएन त्यसैले पराजित भयौ ।’ निर्णायक गोल गरेका एपिएपmका नविन लामा म्यान अफ दि म्याच घोषित बन्दै ७ हजार प्राप्त गरे । भोलीबाट सेमीपmाइनलको खेल सुरु हुँदै छ । पहिलो सेमीफाइनलमा भोली विभागीय टिम त्रिभुवन आर्मी र नेपाल पुलिस आमने सामने हुँदैछन ।

0 comments:
Post a Comment