इलाम, २३ चैत्र । विभागिय टिम नेपाल आर्मी इलाममा जारी माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमीफाइनलमा अर्को विभागीय टिम नेपाल पुलिसलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मी फाइनल प्रवेश गरेको हो । खेलको पहिलो मिनेटमा नै पुलिसले गोल गर्ने अवसर गुमायो । त्यसै गरी खेलको चौथो मिनेटमा आर्मीका गोलरक्षक विकेश कुथु विट भइसकेको अवस्थामा पुलिसका कप्तान जुमानु राईको हेड पोल माथीबाट बाहिरियो । त्यस लगतै आर्मीका भरत खवासको क्रसलाई टंक बस्नेतले पोष्टको दिशा दिन सकेन्न । खेलको ४१ औ मिनेटमा आर्मीका जितेन्द्र कार्कीको फ्रिकिक होल्ड गर्दै पदम तामाङले पोष्टमा प्रहार गरेपछि पुलिसका गोलरक्षक रोशन खडकाले पन्च गरेका थिए सोही अवसरलाई टंक बस्नेत हेड मार्फत गोल गर्दै आफनो टिमलाई अग्रता दिलाए । पहिलो हाफमा १–० ले पछि परेको पुलिसले खेलमा फर्कनै निकै प्रयास ग¥यो । ६३ औ मिनेटमा पुलिसका खेलाडीको शसक्त प्रहार आर्मीका गोलरक्षक कुथुले मुस्किलले पन्च गरेर बचाए । दोश्रो हाफमा निकै नै आक्रमक बनेको पुलिस ६९ औ मिनेटमा हेम तामाङ रातो काड खाँदै मैदान बाहिरिएपछि निकै नै दबाबमा प¥यो । १० खेलाडीमा सिमित प्रहरीको डिफेन्सको फाइदा उठाउदै आर्मीले अग्रता दोब्बर बनायो । टंक बस्नेतको प्रहार पुलिसका गोलरक्षक रोशन खडकाले बचाउन खोज्दा फुत्किएपछि सन्तोष तामाङले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ८६ औ मिनेटमा आर्मीको अग्रता ३–० बनाउने अवसर गुम्यो । आर्मीका कप्तान भरत खवासको पेनाल्टी प्रहार पुलिसका गोलरक्षकले बचाए ।
दुवै टिमका ३÷३ जना खेलाडीले पहेलो कार्ड पाए । गत फागुनमा भएको १९ औ तिलोत्तमा गोल्डकपको सेमीफाइनल प्रवेशका लागी आर्मीले पुलिसलाई ३–१ ले पराजित गरेको थियो । खेलपछि प्रतिक्रिया दिँदै आर्मीका प्रशिक्षक नबीन न्यौपानेले यस सिजनमा नेपाल कप, सुमन बम्जन अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप र दुहबी गोल्डकपपछि माइभ्याली गोल्डकपको उपाधी जित्ने लक्ष्यका साथ आएको बताए । न्यौपानेले भने ‘पुलिसले सुरुको २ वटा मौकाको सदुपयोग गरेको भए हामी पराजित हुनपुग्थ्यौ । इलामको खेलमैदान स्तरिय नभएकाले एयर बलमात्र खेल्न सकिन्छ’ । हारपछि प्रतिक्रिया दिँदै पुलिसका कप्तान जुमानु राईले खेलाडीहरु सम्हालिन नसक्दा पराजित भएको बताए । ‘ पहिलो हाफमा पछाडी परेपछि खेलाडीहरुले प्रेसर थाम्न सकेन्न चाडै प्रेसरमा आएर रातो काड पाएपछि १० खेलाडी समिती भयौ पराजित भयौ । सुरुको २ वटा मौका गुमाउनु नै हारको कारण बन्यो ।’ पुलिसले यस बर्ष १९ औ बुढासुव्वा गोल्डकप र प्रथम सताक्षी गोल्डकपको उपाधी जितेको थियो ।
आर्मी पहिलो संस्करणको माइभ्याली गोल्डकपको बिजेता हो । खेलको म्यान अफ दि म्याच आर्मीका विमल पाण्डे घोषित हुँदै नगद ७ हजार प्राप्त गरे । भोली हुने अन्तिम सेमीफाइनलमा विभागीय टिम शसस्त्र प्रहरीको एपिएपm र साविक बिजेता झापा–११ आमने सामने हुँदैछन ।
0 comments:
Post a Comment