माइभ्याली गोल्डकपः एपीएफको लागी बदला लिने सुनौलो मौका

इलामः विभागीय टीम शसस्त्र प्रहरीको एपीएफ र रमपम झापा–११ इलाममा जारी तेस्रो अन्तराष्ट्रिय आमन्त्रण टुर्वोग माइभ्याली गोल्डपको फाइनल प्रवेशका लागी भिडदैछन् । ठुलो टुडिखेलमा जारी प्रतियोगितामा एपीएफका लागी हारको बदला लिने सुनौलो मौका हुनेछ । एपिएफ दोश्रो संस्करणको माइभ्याली गोल्डकप र मेची नेत्रालय दोस्रो काँकडभिट्टा गोल्डकपमा झापासँग पराजित बन्दै उपबिजेता बनेको थियो । झापा ११मा राष्ट्रिय खेलाडी कर्ण लिम्बु, देवेन्द्र तामाङ, योगेश गुुरुङ, बुद्ध चेम्जोङ सहित मैदान उत्रदैछ भने एपीएफ राजेन्द्र राबल, नबीन लामा, रमेश दंगाल, तोप बिष्ट, राजु नगरकोटी सहित मैदान उत्रने तयारीमा छ । एपीएफ राष्ट्रिय खेलाडीले भरिएको सिएमजी संकटामाथी सानदार जीत दर्ता गर्दै सेमीफाइनल प्रवेश गरेको हो भने झापाले रुपन्देही–११ लाई ट्राइवेकरमा हराउदै सेमीफाइनलको यात्रा तय गरेको हो ।  एपीएफले भरखरै सम्पन्न सातौ राष्ट्रिय खेलकुदमा नेपाली सेनाको त्रिभुवन आर्मीलाई पराजित गर्दै स्वर्ण पदक समेत प्राप्त गरेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment