उपाधीको लागी आर्मी र झापा आमने सामने


इलाम, २४ चैत्रः विभागिय टिम त्रिभुवन आर्मी र रमपम झापा–११ इलाममा जारी तेस्रो अन्तराष्ट्रिय आमन्त्रण टुर्वोग माइभ्याली गोल्डकपको उपाधीको लागी भिडने भएका छन । बिहीवार भएको अन्तिम सेमीपmाइनलमा विभागीय टिम शसस्त्र प्रहरीको एपिएफलाई १–० गोल अन्तरले पराजित गर्दै झापाले आर्मीसँगको उपाधीको लागि शनिबारको खेलमा भेट पक्का गरेको हो । झापाको जीतमा अतिरिक्त समयको १५ औ मिनेटमा विशाल राई ‘ए’ ले गरेको गोल नै निर्णायक बन्यो । रजीन धिमालको फ्रिकिकमा विशाल राईले हेड गोल गर्दै झापालाई फाइनल पु¥याएका हुन । खेलमा दुवै टिमले आधा दर्जन गोल गर्ने अवसर गुमाए । खेलको सुरुवातमा नै एपिएफले गोल गर्ने मौका गुमायो । छैटौ मिनेटमा एपिएफको प्रहार झापाका डिफेन्सले गोल लाइनबाट बचाए ।  ४१ औ मिनेटमा एपिएफका सन्तोष श्रेष्ठको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । खेलको आठौ मिनेटमा बुद्ध चेम्जोङको क्रसलाई विशाल राईले गोल गर्न सकेन्न । उनको प्रहार पोष्टमाथीबाट बाहिरियो । खेलको ६८ औ मिनेटमा कर्ण लिम्बुको प्रहारले पोष्टको दिशा लिएपछि उत्साहित सर्मथक रेफ्रिले अफसाइड दिएपछि  निराश भएका थिए । त्यसपछि झापालाई निकै नै दबाबमा राखेको एपिएफले लगातार पोष्ट आक्रमण गरेपनि झापाका गोलकिपर किशोर गिरीले बिफल बनाइ दिए ।
पहिलो हाफमा रक्षात्मक खेल प्रर्दशन गरेको एपिएफले दोस्रो हाफमा निकै नै आक्रमक बन्दै झापाको पोष्ट आक्रमण गरेपनि गोल गर्न नसक्दा सेमीपmाइनलबाट घर फर्कन बाध्य भयो । निर्णायक गोल गरेका झापाका विशाल राई ‘ए’ म्यान अफ दि म्याच भए । गत बर्षको संस्करणमा झापाले एपिएपmलाई पराजित गर्दै उपाधी जितेको थियो । त्यसै गरी मेची नेत्रालय दोस्रो काँकडभिट्टा गोल्डकपमा समेत झापाले एपिएफलाई नै पराजित गर्दै उपाधी चुमेको थियो । चैत्र २६ गते हुने फाइनलको विजेताले नगद ४ लाख र उपबिजेताले नगद २ लाख ५० हजार प्राप्त गरेको थियो । सर्वोत्कृष्ट खेलाडीले यमाहाको १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछन । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार प्राप्त गर्नेछन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment