इलाममा लाखे जात्रा शुरु (फोटो फिचर)

इलाम, १३ साउन: हरेक वर्ष नाग पञ्चमीका दिन शुरु भई कृष्ण जन्माष्टमीको दिन सम्पन्न हुने नेवारी समुदायको लाखेजात्रा शुक्रबारदेखि इलाम सदरमुकाममा निकालिएको छ । जातीय भेषभूषाका पहिरनमा रहेका नेवारी समुदायले इलाम बजारको माईस्थानबाट निकालेको जात्रामा पहिलो दिन १ जना लाखे, १ जना भुत्लेसहित नेवारी समुदायका सदस्यहरुको उल्लेखिय उपस्थिति थियो ।
उक्त जात्राले नारायणस्थान, चोकबजार, ठुलो टुँडिखेल परिक्रमा गरि पुनः माईस्थानमा पुगेर सम्पन्न गरिएको थियो । नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजनामा निकालिएको लाखे जात्रामा एकसय बढी नेवार समुदायका महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो । 
परापूर्वकालदेखि चल्दै अएको लाखे जात्रा करिव दुइ सय वर्ष भन्द पहिलादेखि चल्दै अएको नेवारहरुको पहिचा रहेको इलामका साँस्कृति विध युद्ध वैद्य बताउँछन् । परापुर्वकालदेखि निकल्दै अएको जात्रा यो वर्षपनि निकालिएको नेपाल भाषा तथा संस्कृति समाजका अध्यक्ष ऋषी श्रेष्ठले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता