प्रतिबद्धता पूरा गदै जनप्रतिनिधिद्वारा टोल–टोलमै सेवा

गोविन्द पौडेल
रोङ, १२ साउन: गत स्थानिय चुनावमा नागरिकलाइ घरगाउँमै सेवा दिने प्रतिबद्धता गरेर मत मागेका रोङ ६ का जनप्रतिनिधिहरुले टोल टोलमै सेवा दिनका लागि चारदिने घुम्ती शिविर संचालन गरेपछि नागरिकहरु खुसी भएका छन् । साविक जिर्मलेको सबै वडाहरु स्थानिय तहको संरचनामा रोङ गाउँपालिकाको ६ नं बडा बनेको र जटिल भौगोलिक बनावटको कारण सेवाग्राहीहरु वडा कार्यालय सम्म पनि जान नसक्ने अवस्थामा यस वडाको विभिन्न पाँच स्थानमा केन्द्र बनाएर गत साउन ९ गतेबाट संचालन गरिएको चारदिने घुम्ति शिविर बिहीबार सम्पन्न भएको छ ।
शिविरमा वडा कार्यालयबाट प्रदान गरिने सबै सेवाहरु विवाह दर्ता, जन्म दर्ता, मृत्यु दर्ता, नेपाली नागरिकताको प्रमाणपत्र तथा अन्य सिफारिसहरु, मालपोत असुली, कृषि प्राविधिकबाट विभिन्न बिउँबिजन र प्रबिधिक सेवा साथै कृषिसँग उपयोगी मानिने पर्चा र पुस्तिका वितरण, पशु प्राविधिकबाट पशुहरुको रोग सम्बन्धि परामर्स र स्वास्थ्य चौकीबाट प्रदान गरिने स्वास्थ्य सेवालाइ एकिकृत रुपमा संचालन गरिएको वडाध्यक्ष सुवास तामाङ्गले बताए ।
गत ९ गते रोङ ६ को कुवापानी, १० गते सलकपूर, ११ गते रम्भ्याङ्ग र १२ गते पाटापूर र बन्सुवाको टोलमा नागरिकहरुलाइ सेवा दिइएको सो एककिृत घुम्ती शिविरमा सबैभन्दा बढी २ सय ९७ जना किसानहरुले प्राविधिक सेवा बिउँबिजन र सुक्ष्म तत्व लिएका कृषि प्राविधिक मोहन अधिकारीले बताए । त्यस्तै नेपाली नागरिकताको सिफारसि तेत्तीस जना, जन्म दर्ता ६३,  ३९ जोडीको विवाह दर्ता र मातपोत असुली २ सय ६१  जनाले गराएको बडा सदस्य सुमित्रा तामाङ्गले जानकारी दिए । भारतको सिमानासग जोडिएको यस वडामा वैवाहिक अंगिकृत नागरिकता लिनुपर्ने विवाहित महिलाहरु धैरै रहेकोले उनीहरुलाई नागरिकता प्राप्तिको बारेमा केही जानकारीनै नभएकोमा नागरिकताको प्रमाण पत्र प्राप्तिको लागि समेत र प्रकृयाको बारेमा परामर्श गरिएको बडाधयक्ष तामाङ्गले बताए ।
यसरी आफ्नै गाउँटोलमा सेवा र सुविधा लिन पाउदा आफूहरुले दिन माया मारेर बिकट बाटोमा यात्रा गर्नुपर्ने बाध्यता हटेको रम्भ्याङ्गका ७२ वर्षिय बृद्धा शेरबहादुर घिमिरेले खुसी ब्यक्त गरे । आगामी दिनमा आफूहरुले पाउने सामाजिक सुरक्षा बापतको भत्ता समेत यसरी नै बिना झन्झट पाउन पाए आफूहरुलाई थप राहत मिल्ने उनको भनाइ रहेको छ । यता आफूहरुले सामाजिक सुरक्षा बापतको सबै भत्ताहरु स्वयं व्यक्तिकै हातमा दिने प्रयास गरिरहेको र वडा कार्यालयबाट दिइने सेवाहरु हरेक महिनाको एकदिन टोल टोलमै दिने प्रतिबद्धता निर्वाचित पदाधिकारीहरुको पहिलो बैठकले गरेकोले यस निर्णय प्रति आफूहरु पूर्ण प्रतिबद्ध रहेको वडा सदस्य बिक्रम राईंले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता