
दमक, १४ पुसः झापाको कमल गाउँपालिका र गौरादहमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
कमल गाउँपालिका–५ का हेमराज कार्कीको घरको सेफ्टी टयाङ्की बनाउने क्रममा इँटाले लागेर गम्भीर घाइते भएका भारतीय मजदूर राजानन्द सरदारको उपचारका क्रममा दमकको लाइफलाइन अस्पतालमा मुत्यु भएको इप्रकाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो ।
आजै अपराह्न पाडाजुँगी–गौरादह सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट नगरपालिका–१ का २८ वर्षीय भानु थापाको मृत्यु भएको छ । मे८प ४०८७ नंको मोटरसाइकलमा सवार थापालाई गौरादहबाट उत्तरतर्फ आइरहेको मे १ त ४५०१ नंको ट्रयाक्टरले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते थापालाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।