नेपाल नेत्र ज्याति संघको पूर्वाञ्जलस्तरी गोष्ठी इलाममा शुरु

इलाम, १४ पुसः नेपाल नेत्रज्योति संघको पूर्वाञ्चलस्तरीय क्षेत्रीय गोष्ठि तथा योजना तर्जुमा बैठक शुक्रबारबाट इलाम सदरमुकाममा शुरु भएको छ । संघका पूर्वाञ्चल अध्यक्ष रविन्द्रबाबु चौधरीको अध्यक्षता तथा संघका केन्द्रिय अध्यक्ष तीर्थप्रसाद मिश्रको प्रमुख आतिथ्यमा गोष्ठि शुरु भएको छ । 
आइतबारसम्म चल्ने बैठकमा संघमा आवद्ध पूर्वाञ्चलका विभिन्न जिल्लाका प्रतिनिधहरु इलाम आएका छन् । बैठकको उद्घाटनमा संघका महासचिब श्यामकुमार पोख्रेल, इलाम अस्पताला विकास समितिका अध्यक्ष केदार थापा, जिल्ला जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्ल, इलाम अस्पतालका मेडिकल सुपरीटेण्डेट डाक्टर प्रभु शाह, नेपाल रेडक्रस सोसाइटी इलाम शाखा सभापति देवी गौतम, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत निर्मल ढुङगेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको नेपाल नेत्रज्योति संघ इलामका सचिब बिष्णु कार्कीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता