
रोङ (इरौटार), १५ पुस : अपाङ्ताको पहिचान र परिचय पत्र वितरण जिल्लाको रोङ–५ इरौटारमा गरिएको छ । करुणा फाउन्डेसन नेपालको आयोजना एवम महिला तथा बालबालिका कार्यालय इलामको सहयोग स्वास्थ्य चौकी इरौटार र वडा कार्यलयको ब्यवस्थापनमा वडा भित्र रहेका सात जना नागरिकहरुलाई अपाङ्ग परिचय पत्र वितरण गरिएको हो ।
शिविरमा कुमार राई र कर्णबहादुर मगरलाई रातो, हृदम राई र देवीमाया राईलाई निलो, दृश्य राई चन्द्र शारु दुर्गा राईलाई पहेलो परिचय पत्र वितरण गरिएको वडाध्यक्ष युवराज खाप्तवा राईले जानकारी दिए । वडामा रहेको सबै क्षेत्रका नागरिकहरुले हरेक क्षेत्रमा समान पहुँच पु¥याउने आप्mनो कार्ययोजना अनुसार यी र यस्ता कार्यक्रमहरु नियमित रुपमा हुने र गरिने हुँदा वडाका नागरिकहरुले सक्रिय सहयोग गर्न वडाध्यक्ष राईले आग्रह समेत गरेका छन् ।