इलाम, १७ मंसिरः निर्वाचनको मिति नजिकिएको छ । उम्मेद्धारहरु समेत प्रसार–प्रचारलाई तिव्रता दिइरहेका छन् । यहाँ उम्मेद्धारले सवारी साधन प्रयोग गरेर नै मतदाता समक्ष पुगिरहेका छन् । तर निर्वाचन प्रसार–प्रचारका लागि प्रयोग गरिने सवारीको अनुमती लिनुपर्दछ । बाम गठबन्धन दुईका प्रतिनिधिसभा सदस्यका उम्मेद्धार सुवास चन्द्र नेम्वाङले अनुमती नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । पूर्व सभामुख जस्तो गरिमामय पदमा पुगेका ब्यक्तिले नै सवारी अनुमती नलिएको जनाइएको छ । म्ुख्य निर्वाचन अधिकृतको कार्यालय समक्ष लिइनुपर्ने अनुमती इलामका आठ उम्मेद्धारले मात्र लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
जम्मा ५१ जना उम्मेद्धार मध्ये इलाममा आठ उम्मेद्धारले मात्र अनुमती लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । पूर्व प्रधानमन्त्री तथा बाम गठबन्धनका इलाम क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सयस्यका उम्मेद्धार झलनाथ खनाल, नेपाली कांग्रेसका क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य भूपेन्द्र कट्टेलले सवारी अनुमती लिएका छन् । त्यस्तै इलाम क्षेत्र नम्वर दुई प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका उम्मेद्धार केशव थापाले सवारी अनुमती पत्र लिएका छन् । त्यस्तै प्रदेश सभा सदस्य बाम गठबन्धनका उम्मेद्धार काजीमान कागते, नेपाली कांग्रेसका खगेन्द्र देवान, डम्बर खड्का, मंगोल नेश्नल अर्गनाइजेशनका अगमदेव माख्रेहाङ र सूर्यकुमार गुरुङले मात्र सवारी अनुमती लिएको वताइएको छ ।
अन्य दल तथा दलका उम्मेद्धारले हालसम्म अनुमती बिना नै चुनाव प्रसार प्रचार गरिरहेका छन् । उनीहरुले कानुनको धज्जी उडाउँदै सवारी प्रयोग गरिरहेपनि कसैले कारबाही त के अनुगमन सम्म गरेको छैन । अन्यले सवारी अनुमती लिने क्रम चलिरहेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए । तर अब निर्वाचन आउन केही दिन मात्र बाँकी रहेको छ । अव भने निर्वाचन हुने २१ गतेका लागि छुट्टै अनुमती लिनु पर्ने ब्यवस्था छ । प्रतिनिधि सभा सदस्यका उम्मेद्धारले निर्वाचन प्रचारका लागि चारवटा चारपांग्रे हलुका सवारी साधन र बढीका चारवटा मोटरसाइकल वा यस्ता सवारी साधन अथवा सवारी नचल्ने ठाउँमा चारवटा सम्म घोडा लिन पाउने ब्यवस्था छ । त्यस्तै प्रदेशसभा सयस्य निर्वाचनका उम्मेद्धारले बढीमा दुई वटा हलुका चारपांग्रे सवारी साधन, बढीका चारवटा मोटरसाइकल वा यस्ता सवारी साधन अथवा सवारी नचल्ने ठाउँमा चारवटा सम्म घोडा लिन पाउने ब्यवस्था छ । राजनीतिक दलले पनि निर्वाचन अधिकृतको अनुमती लिएर जिल्लामा बढीमा दुईवटा चारपांग्रे हलुका सवारी साधन लिन पाउने ब्यवस्था छ ।
