२०८२ कार्तिक २९ गते, शनिबार — झापा
झापाको बुद्धशान्ति गाउँपालिका–६, सन्तपुरका एक वृद्धले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेको घटना प्रहरीले पुष्टि गरेको छ।
शुक्रबार राति करिब ११:३० बजे, ८४ वर्षीय डिल्लीराम अधिकारीले घरको आँगनमा पेट्रोल छर्की आगो लगाएका हुन्।
परिवारका सदस्यका अनुसार, अधिकारी आगोले जलेको अवस्थामा मृत भेटिएका थिए। जलेर निधन भएका उनको शव काइँला छोरा भोगेन्द्र अधिकारीले आँगनमै फेला पारेका थिए।
परिवारले बताएअनुसार, अधिकारीले केही महिनाअघि प्रोस्टेटको शल्यक्रिया (operation) गराएका थिए। साथै, उनी डिप्रेसनको उपचारमा रहेर नियमित औषधि सेवन गर्दै आएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई प्रादेशिक अस्पताल, भद्रपुरमा पोष्टमार्टमका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

0 comments:
Post a Comment