झापामा २७ वर्षीया महिलामाथि बलात्कार आरोपमा एक पुरुष पक्राउ

माइपोखरी न्यूज

झापा, २०८२ कार्तिक ३० गते, आइतबार

झापामा २७ वर्षीया महिलामाथि भएको बलात्कार घटनामा संलग्न रहेको आरोपमा ४२ वर्षीय एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पीडित पक्षले जिल्ला प्रहरी कार्यालय झापामा दिएको लिखित जाहेरीका आधारमा प्रहरीले उनलाई आइतबार बिहान पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

घटना कात्तिक २७ गते साँझ करिब ६ बजे भएको बताइएको छ। करिब एक वर्षदेखि माइतीघरमा बस्दै आएकी ती महिला सोही बेलामा घाँस काट्न निस्केकी थिइन्। त्यस क्रममा आरोपितले जबरजस्ती हात समातेर तानेर पीडितले सञ्चालन गर्दै आएको पसलभित्र लैजाँदै बलात्कार गरेको उजुरीमा उल्लेख छ।

पीडित पक्षका अनुसार घटनापछि महिलाका अभिभावकतर्फका एक सदस्यले कात्तिक २८ गते दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए। उजुरी दर्ता भएसँगै प्रहरीले घटना स्थलअनुगमन, तथ्यअनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

प्रहरीका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण र अन्य प्रमाण संकलनको काम भइरहेको छ। घटनाबारे विस्तृत अनुसन्धानपछि आवश्यक कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment