इलाममा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु


इलामको सन्दकपुर–२ गोरुवाले भञ्ज्याङमा लोक्ता बोकेर पाँचथरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३–त ३४०२ नं.को ट्र्याक्टर आज बेलुका अनियन्त्रित भई करिब ५० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा पाँचथर फिदिम–१४ का करिब ३३/३४ वर्षीय सोम राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

उही ट्र्याक्टरमा सवार फिदिम–१३ का ४५ वर्षीय टंक तामाङ र ४० वर्षीय युद्ध कुमार राई सामान्य घाइते भएको र उपचारपछि दुवै डिस्चार्ज भएको प्रहरीको जानकारी छ।

ट्र्याक्टर चालक संखुवासभा मकालु–३ का २३ वर्षीय बिकुल पराजुली फरार रहेका छन् र उनकाे खोजी जारी छ।

घटनाको थप अनुसन्धानका लागि प्र.नि. मौसम उदासको कमाण्डमा प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।y


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment