फाल्गुनन्द गोल्डकप पौष ७ देखि सुरु

  • दिपक बोहोरा

पाँचथर १७ मंसिरः १६ औं राष्ट्रिय विभुति तथा महागुरु फाल्गुनन्द लिङदेनको सम्मानमा वर्षेनि आयोजना हुँदै आएको फाल्गुनन्द गोल्डकपको नवौं संस्करण पुस ७ गतेबाट पुस १५ गते सम्म आयोजना हुने छ ।
पूर्वी पहाडमा प्रतिष्ठीत यस फुटबल प्रतियोगिता पाँचथरको फिदिममा खेलिने आयोजक फिदिम स्पोर्टिङ क्लबले जानकारी दिएको छ । यस फुटबल प्रतियोगितामा नेपालका केहि ए डिभिजनका क्लबहरु सहित १० टिमको सहभागीता रहने आयोजक क्लबका महासचिव पासाङ तामाङले बताए ।
प्रतियोगितामा आयोजक फिदिम स्पोर्टिङ क्लब सहित कर्णसिंह सोनाम स्मृति क्लब (ताप्लेजुङ), बिर्ता युनाइटेड (झापा) , मोरङ ११ , सुनसरी ११ ,हिमालय शेर्पा क्लब (काठमाण्डौं), एपिएफ (काठमाण्डौं), अग्नि रुपन्देही ११ ,डिभाइन ब्याइज युनियन (काठमाण्डौं) र सिक्कीम युनाइटेडले उपाधिको लागी प्रतिस्पर्धा गर्ने आयोजकले बताए ।
९ दिनसम्म सञ्चालन हुने फुटबल प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख प्राप्त गर्दा उपविजेताले नगद २ लाख प्राप्त गर्ने छन् । हरेक दिनको म्यान अफ दि म्याच, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकले समान नगद १० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छन् ।
अधिल्ला वर्ष टुबोर्गले प्रायोजन गर्दै आएको प्रतियोगितालाई यस वर्ष रुसलानले मुख्य प्रायोजन गर्ने फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष विमल श्रेष्ठले बताए । प्रतियोगितमा दर्शकको सुविधाको लागी बासको करिब चार हजार जना अट्ने प्यारापिट निर्माण गरिने छ ।
प्रतियोगिता सञ्चालनको लागि करीब ३८ लाख अनुमानित आगत लाग्ने श्रेष्ठले बताए । अधिल्लो वर्ष आठौं फाल्गुनन्द गोल्डकपको उपाधि झापाको बिर्ता युनाइटेडले जितेको थियो । हाम्रोखेलकुदबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता