वर्ष उत्कृष्ट पुरस्कार संगीतालाई

धुलावारी १२ माघः जेसीजको ३८ औँ पद हस्तान्तरण, उत्कृष्ट युवा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
धुलावारीस्थित टाउन हलमा सम्पन्न पद हस्तान्तरण कार्यक्रमको उद्घाटन नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर वत्सयालले गरेका थिए ।
वर्ष २०१७ का अध्यक्ष सुभाष रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वर्ष उत्कृष्ट व्यक्ति प्ुरस्कार मेचीनगर–९ की सङ्गीता थापालाई प्रदान गरेको छ । लिलाप्रसाद भण्डारीद्धारा स्थापित लोकनाथ भण्डारी स्मृति पुरस्कारको राशी ११ हजार १११ रुपैयाँसहित समाजसेवा उत्कृष्ट पुरस्कार थापालाई दिइएको हो । निशान्त अवार्ड इभन लुइँटेल, रावत अवार्ड सुदिप सुवेदी र वीर अवार्ड आस्मा चापागाईलाई प्रदान गरियो । २०७३ सालको कक्षा ८ मा उत्कृष्ट हुने धुलावारी माविकी निक्षा कोइराला र शहीद दशरथ माविका अरुण राजवंशीलाई हरिचन्द्र प्रसार्इं स्मृति पुरस्कार प्रदान गरियो । स्थानीय निर्वाचनमा निर्वाचित जेसीज सदस्य मेचीनगर– १० का वडाध्यक्ष सुबेस पनेरुलाई सम्मान गरेको थियो ।
सोही अवसरमा राष्ट्रिय अध्यक्ष वत्सयालले धुलावारी जेसीज वर्ष २०१७ का अध्यक्ष सभाष रिजाललाई नेशनल थम डाइरेक्टरका रुपमा मनोनित गरेका थिए ।
यसैगरी सुभम भण्डारीको नेतृत्वमा रहेको धुलावारी जुनियर जेसीजका पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरियो ।
सोही अवसरमा वर्ष २०१७ का अध्यक्ष सुभाष रिजालले दाताराम रिजाल स्मृति कोषको घोषणा गर्दै नगद १ लाख १ हजार नगदको चेक वर्ष २०१८ का अध्यक्ष नारायण खनाललाई हस्तान्तरण गरे । २०१८ का अध्यक्ष खनालले आफ्ना बुबा पशुपति खनालको स्मृतिमा १ लाख १ हजारको अक्षय कोषको घोषणा गरे ।
अध्यक्ष रिजालले वर्ष २०१८ का अध्यक्ष खनाललाई पद हस्तान्तरण गरेका थिए भने खनालले विभिन्न पदका पदाधिकारीको मनोनित गरेका थिए । जसको कानुनी सल्लाहकारमा पूर्व अध्यक्ष लिलाप्रसाद भण्डारी, महासचिवमा रोशन रिजाल, कोषाध्क्षमा रविन्द्र पाठक, जनसम्पर्क अधिकारीमा केशव पोखरेल, तालिम संयोजकमा पारस दाहाल, सहसचिवमा राजिव प्रसाई, मिडिया कोडिनेटरमा सीता महरा रहेका छन् । कार्यक्रममा मेचीनगरका मेयर विमल आचार्यले बोलेका थिए । उत्कृष्ट पुरस्कारको घोषणा पूर्व अध्यक्ष तेजप्रसाद चौलागाईले गरेका थिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता