युएनटीओ इलामको अध्यक्षमा पुनः चौहान

इलाम १२, माघः एकिकृत अखिल नेपाल शिक्षक संगठन (युएनटीओ) इलामको पुनः राजेन्द्र चौहान निविरोध निर्वाचित भएका छन । इलाम सदरमुकाम स्थित कर्मचारी मिलन केन्द्रको सभाहलमा भएको एकताको पाँचौ जिल्ला सम्मेलनबाट तेश्रो कार्यकालको लागी चौहान अध्यक्षमा निर्वाचित भएका हुन । 
३९ सदस्यीय समितीको बरिष्ठ उपाध्यक्षमा लेखनाथ खनाल, महिला उपाध्यक्षमा गोमा पोख्रेल, उपाध्यक्षत्रयमा धनबहादुर मगर, डकिन्द्र लिम्बु र उमाकान्त भट्टराई निर्वाचित भएका छन । सचिवमा अर्जुन शर्मा, अर्थ सचिवमा चम्पाददेवी भण्डारी, सहसचिवत्रयमा शेखर निरौला, गंगाप्रसाद दाहाल र राजकुमार खाती रहेका छन । त्यसैगरी सचिवालय सदस्यमा पुर्ण योङहाङ र देव ठकुरी निर्वाचित भएका छन । 
सोही कार्यक्रममा इलाम जिल्लामा एकिकृत अखिल नेपाल शिक्षक संगठन स्थापना गर्ने ४ जना संस्थापक सदस्य, सेवा निवृत हुने ९ जना शिक्षक÷शिक्षिका, फ्रयाक्सन इन्र्चाज टिकादेवी घिमिरे र माओवादीबाट निर्वाचित हुने इलाम क्षेत्र नं २ को ख का प्रदेसभा सदस्य धिरेन्द्र शर्मा रमणलाई सम्मान गरिएको थियो । राजेन्द्र चौहानको अध्यक्षतामा भएको उद्धघाटन सत्रका प्रमुख अतिथी प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा रमण रहेका थिए । 
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी टंक गौतम, नेपाल शिक्षक संघका जयनारायण भट्टराई, नेपाल राष्ट्रिय शिक्षक संगठनका देवराज भट्टराई, माओवादी केन्द्रकी संयोजक सोममाया राई सिन्धु लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन हरिप्रसाद पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता