इलामको गोर्खेमा गर्भवती गाई बञ्चरो प्रहार गरी हत्या

बैशाख २०, २०८३


इलाम, इलामको सूर्योदय नगरपालिका–१ गोर्खेमा एक गर्भवती गाईलाई बञ्चरो प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेको छ।
आइतबार बिहान करिब ७स्३० बजे स्थानीय दिपेश मोदी र शुसिला मोदी गाई दुहुन गोठमा पुगेका बेला चार वटा गाईमध्ये ब्याउने अवस्थामा रहेको एक माउ गाई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। गोठको ढोका खोलेपछि उक्त गाईलाई धारिलो हतियार बञ्चरो प्रयोग गरी हत्या गरिएको देखिएको हो।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी गोर्खेबाट प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर मगरको कमाण्डमा टोली खटिएको थियो। प्रहरीले घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तयार गरेको जनाएको छ।
नगरपालिकाको पशु शाखाबाट प्राविधिक बोलाई गाईको पोस्टमार्टम गर्ने तयारी गरिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार कसले र किन यस्तो घटना गर्‍यो भन्ने खुलेको छैन।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। उक्त घटनाबाट करिब ७० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment