२०८३ बैशाख १६ गते, बुधबार
झापाको अर्जुनधारा नगरपालिका स्थित चिया बगान क्षेत्रबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार आज दिउँसो करिब १ः३० बजे अर्जुनधारा नगरपालिका–११ को चिया बगान क्षेत्रमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।
कारबाहीमा कोशी प्रदेश प्रहरी कार्यालय को अनुसन्धान समूह, लागूऔषध ब्युरो काँकडभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी तथा अस्थायी प्रहरी पोस्ट बसपार्कको टोली सहभागी रहेको थियो।
प्रहरीले बिर्तामोड–३ बस्ने २२ वर्षीय विश्व राजवंशी, अर्जुनधारा–४ बस्ने २६ वर्षीय सनम खड्का, अर्जुनधारा–५ बस्ने २९ वर्षीय ध्रुवकुमार दनुवार, अर्जुनधारा–११ बस्ने २९ वर्षीय मन्दिप राई र सोही स्थानका ३४ वर्षीय उमेश तामाङ लाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट प्लास्टिकबाहेक १७ ग्राम १९० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय अनारमनी मा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

0 comments:
Post a Comment