इलाम, बैशाख १६
झापाबाट मोटरसाइकल चोरी गरी इलामतर्फ ल्याउँदै गरेका एक युवकलाई इलाम प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तुलसी राजवंशी रहेका छन्। उनी झापाको मेचीनगर नगरपालिका–११ निवासी ३३ वर्षीय हुन्।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ११ बजे इलामको रोङ गाउँपालिका–४ जोरकलशस्थित मेची राजमार्गमा प्रहरी चौकी किटेनी बाट खटिएको टोलीले झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश ०१–०१–०१७ प २४५९ नम्बरको पल्सर मोटरसाइकल शंकास्पद देखेपछि जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकलको कागजपत्र नभेटिएपछि थप अनुसन्धान गर्दा उक्त मोटरसाइकल झापाको धुलाबारी क्षेत्रबाट चोरी गरी ल्याइएको खुल्न आएको प्रहरीले जनाएको छ।
पक्राउ परेका राजवंशीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारी मा राखिएको छ।
उक्त मोटरसाइकलका धनी राहुल बि.क. ले मोटरसाइकल हराएको भन्दै हिजो नै प्रहरीमा लिखित निवेदन दिएका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

0 comments:
Post a Comment