गौतम समाजमा नयाँ नेतृत्व

बिर्तामोड, १२ माघः गौतम समाज बिर्तामोडको प्रथम नगर अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ । अधिवेशनले  १७ सदस्यीय समिति चयन गरेको छ । समितिको अध्यक्षमा सोमनाथ गौतम छन् । 
उपाध्यक्ष राजेन्द्र गौतम , सचिव जयनारायण गौतम, सहसचिव लक्ष्मी अधिकारी गौतम र कोषाध्यक्षमा रविना गौतम छन् । सदस्यमा भक्ति गौतम, डिल्लीराम गौतम, रोहिणी गौतम, धु्रव गौतम, युवराज गौतम, प्रेमनारायण गौतम, यदु गौतम, ठाकुर गौतम, कविराज गौतम र लक्ष्मी गौतम छन् । दुई सदस्य पछि निर्वाचित समितिले मनोनयन गर्ने उपाध्यक्ष गौतमले बताए । 
पूर्व संसाद मनकुमार गौतमको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा गौतम समाज झापाका अध्यक्ष हरी गौतम, कोेषाध्यक्ष सिर्जना गौतम, सदस्य नीतिरमण गौतम , अजुर्नधारा (६ का वडाध्यक्ष लोकनाथ गौतम, अर्जुनधारा गौतम समाजका अध्यक्ष कृष्णप्रसाद गौतम लगायतले बोलेका थिए । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता