
इलाम, २२ असारः लगातारको झरीसँगै इलामका अधिकांश स्थानिय सडकको अवस्था दयनिय बन्दै गएको छ । बर्खा लागेसँगै जिल्लाका प्रायः सबै क्षेत्रका सडकको अवस्था हिलाम्ये भएको हो । सडक हिलाम्ये भएपछि सवारी सञ्चालनमा समस्या त के मानिसलाई आवत–जावतमा नै समस्या हुन थालेको स्थानियको भनाई छ ।
इलाम सदरमुकामबाट गाउँ जाने अधिकांश सडकहरु हिलाम्ये भएपछि दैनिक उपभोग्य वस्तु खरिद गर्न त के बिरामी हुँदा अस्पताल जान समेत समस्या भएको छ । बर्खालागेसँगै यहाँका सडकहरु हिलाम्ये भएर बिग्रन थालेपछि स्थानियले सास्ती भोग्नु परेको गुनाशो गर्न थालेका छन् ।
जिल्लाको नामसालिङ, सोयाक, साङरुम्बा, शान्तिडाँडा, माइपोखरी, सुलुबुङ, जमुना, एकतप्पा, फाकफोक, माङसेबुङ लगायतका स्थानहरुमा जाने सडकको अवस्था दयनिय बन्दै गएको हो । बाढी र पहिरोका कारण सडक भत्किएर जिल्ला सदरमुकामबाट गाउँपालिकाको केन्द्र पुग्ने गाडी सहजले गुड्न नपाएपछि नागरिकलाई यात्रा गर्न कठिन भएको छ । अधिकांश ठाउँमा सडक भताभुङ्ग भएका छन् । कच्ची सडकहरू भत्किएपछि सर्वसाधारणलाई आवत–जावत गर्न कठिन बन्दै गएको हो । गाडी चालकहरूले निकै दुखले यात्रा गराउने गरेका छन् । धेरै जसो ठाउँमा यात्रु उतारेर बाटो मर्मत गदै गाडी गुडाउने गरिएको छ । ठाउँ–ठाउँमा सडकहरू भत्किएका छन् । यातायात सञ्चालन हुन नसक्ने गरी हिलाम्मे छन् । सयौं ठाउँमा खाल्डाखुल्डी भएपछि ग्रामिण सडक जोड्ने सडक सञ्चालनमा कठिनाई भएको हो ।
इलामबाट आमचोक सम्म दैनिक गाडी सञ्चालन गर्ने चालक गोपाल लामिछानेले बर्खा लागेसँगै समस्या बढेको बताए । उनले भने ‘अफ्ठेरो ठाउँमा यात्रुलाई गाडीबाट उतारेर गाडी कुदाउँछँौ । गाडी गुडाउने भन्दा पनि कसरी पुग्ने भन्ने हुन्छ । बाटोमा नाली नहुँदा पानीले बाटो भत्काएर चक्का गुडाउने ठाउँ छैन ।’ पटक–पटक जनप्रतिनिधिहरूलाई बाटो बनाउन आग्रह गर्दा पनि नटेरेको उनीहरु बताउँछन् । आमचोकबाट इलाम गाडी सञ्चालन गर्ने सवारी ब्यवसायी लक्षमण दाहाल दैनिक गाडीमा समस्या आउने गरेको दुखेसो गर्छन् । जनप्रतिनिधि आएपछि विकास हुन्छ भन्ने जनताको आशा, निराश बन्न थालेको देखिन्छ । बाटो खन्दा पनि दैनिक गाडी गुड्ने ठाउँमा होइन घर–घर सम्म पु¥याउन लुच्छातानी हुने गरेको बताउँछन् ।
यस्तै बाटो बिग्रिएपछि दैनिक उपभोग्य सामग्रीहरू ढुवानीमा समेत समस्या भएको छ । बजारबाट उपभोग्य सामान गाउँसम्म लैजान र गाउँमा उत्पादित कृषिजन्य सामग्रीहरू बजार पु¥याउन समस्या भएको छ । सडक हिलाम्मे भएको छ । त्यसैगरी बाटो बिग्रिएकै कारण बिरामी पर्दा समेत एम्बुलेन्स सञ्चालन नहुँदा घण्टौसम्म स्टेचर र डोकोमा बोकेर अस्पताल पु¥याउनुपर्ने समस्या भएको जनप्रतिनिधिहरुले चुनाबको समयमा गरेका प्रतिबद्धताहरु पुरा नगरेको स्थानियहरुको भनाइ छ ।
इलामका स्थानिय सडक स्तरोन्नतिका लागि निरन्तरता भन्दा पनि ट्रयाक खोले पुग्छ भन्ने सोचाईका कारण यस्तो समस्या आएको अनुमान गर्न सकिन्छ । मर्मत सम्भार नभएका सडकहरूमा ठूला सवारीका साधनसँगै नियमित ट्रयाक्टहरू जबरजस्ती गरी कुदाउने गरेकाले सडकको अवस्था झनै जटिल बन्दै गएको स्थानियको भनाई छ ।