
खासमा कुमार रोक्का काठमाडौंको विभिन्न स्थानमा भ्यानरका कपडा राखेर बेच्ने गर्दथे । उनले आफ्नो गृह जिल्लामा पनि यसरी व्यापार गर्नुपर्छ भनि ३ दिन अघि दोलखा पुगका थिए । सडकमा अवरोध नहुने स्थानमा उनले व्यापार शुरु गरे । व्यपार पनि राम्रै भयो । तर उन्ले व्यापार गरेको चरिकोटका फेन्सी पसेलेहरुलाई मन परेन् ।
उनिहरु संगठित हुदै फुटपाथ व्यापारी हटाउनु पर्ने भन्दै नगरपालिका र वडा अध्यक्षलाई दवाद दिन थाले । व्यापारीहरुको दबाव बढेपछि दोलखा उद्योग बाणिज्य महासंघका अध्यक्ष सुन्दर कार्की, स्थानीय वडा अध्यक्ष नविन लामा नजिको प्रहरी चौकीका असई लाई लगि उन्का सामान फालेका थिए ।
१०, ११ दिनको व्यापारपछि कुमार रोक्काले आफुले सटर खोजी गरेर पसल दर्ता गरेरै कपडाका व्यापार गर्ने बताएका थिए । स्थानीय व्यापारीहरुको दवावपछि दोस्रो दिन उनले आफ्नो पसल बन्द गरे ।
तर पछि ट्राफिक प्रहरी र अन्य केही व्यक्तीले शनिवारको हाट बजारमा पसल राख्न मिल्ने भनेपछि उनले पसल राखेका थिए । तर हाट बजारमा उनको ब्यापार बढेको देखेपछि व्यपारीहरुले उन्ले बेच्ने कपडा हिलोमा फालेका हुन् ।
अहिले पनि दोलखाबजारमा धेरै फुटपाथ पसेलेहरु छन । सटर लिएर व्यापार गर्नेहरुलेत सडकसम्मै आफ्ना सामान राखेका हुन्छन् । त्यो सबै जायज छ । तर एउटा युवाले केही गर्न खोज्दा भने सवै मिलेर उनलाई लखेटे । न्युज ट्वन्टीफाेरबाट साभार