चाहन्छन् विकास नेपाली जनता

  • चेतनाथ भट्टरार्इ

हाम्रो नेपालको परिभाषाको बारेमा इलाम जिल्लाको भौगोलिक वातावरणमा सुधार आउला त भन्ने बारेमा हामी इलामेली जनता आशावादी छौ ? भन्ने विचारमा विकास आउला भन्ने कुरालाई नियालेर हेर्दा स्थानिय सरकारलाई अब हामी इलामेली जनताहरुले घचघच्याउने बेला आएको छ । घरघरमा सफा वातावरण ल्याउनका लागि धुँवा धुलो रुख बिरुवा बचाउनका लागि स्वस्थ्यमा सुधार ल्याउनका लागि एकघर एकचर्पी भने जस्तै एकघर एकगोबर ग्याँसलाई पनि स्थानिय सरकारले किसानहरुलाई अनुदानको व्यवस्था गर्नु पर्छ । किसानहरुले उब्जाएको उत्पादनको मूल्याङकन नभएकोले मुल्य अभिबृद्धि हुने खालको सीपमूलक तालिमको व्यवस्थापनलाई सुधार ल्याउनु पर्नेछ । 
जस्तै अमलिसो, अदुवा, ओलन, अर्गानिक सागसब्जीहरुलाई ध्यान पु¥याई जनचेतनामुलक तालिम हुनु पर्ने हामी इलामे जनता माात्र होइन प्रत्येक नेपाल भरीका नेपालीको चाहनालाई पुरा गरिदिन सरकारले ध्यान पु¥याउन जरुरी छ । सरकारले गरिबी निवारणको लागि पहिलो ध्यान पु¥याई दिए हामी गरिबको पनि सुधार आउने र अरु सरह बाँच्न पाउने आशा पलाउने थियो । अब त १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राई र जनसंख्या तथा वातावरण मन्त्री पनि प्रदेश नं. १ को बन्नु भएको छ । हामी इलामे जनताको लागि पक्कै पनि विकासको बाटो पाउने आशामा आश्वस्त छौ । तर सानो तिनो कुरालाई नै पुरा भएन भने ठुलो ठुलो विकास अघि बढ्ने छैन । तर हामी नेपाली ले धेरै दुःख गर्दै गर्दा हामी भारतको एल्पी ग्याँस प्रयोग गर्दै छौ नेपालमा उत्पादन छैन तर हामीलाई भ्रम परि नेपालको उत्पादन ग्याँसमा पछि पर्छाै । 
खराब नीति लिएका हामी नेपाली नै छौ हामीले विदेशी सिको गरेर बिग्रिएको थाहा छैन । हामी गाउँघरका जनतालाई चेतना छैन । चेतनाका लागि प्रविधिको आवश्यकता भएको छ । नेपाल सरकारले हावामा बिजुली भनेको कुरालाई हेर्दा गर्दा हुन्छ । तर वातावरणलाई पनि ख्याल गर्नु पर्छ । फोहोरबाट पनि उत्पादन हुने ग्याँस भनेको गोबर ग्याँस हो । यसको फाइदा भनेको धेरे नै छन् । हामी तपाई तपाईहरु समक्ष पु¥याउने छौ । 
नेपालको उत्पादनलाई ध्यानर्कषण गराउन मद्दत गर्ने छौ । 
गोबर ग्याँस एकघर एकग्याँस हुँदा वातावरणमा सुधार हुनेछ । कुनै पनि किसान भनेको गाई एउटा भए पनि पाल्नु जरुरी हुन्छ गाई पालेपछि गोबर ग्याँस बनाउन आवश्यक छ । चर्पी पनि त्यसैमा हुन्छ । चर्पी बनाउन नेपाल सरकारको मान्यता छ । आवश्कता पनि हो हामी विदेशी सामान प्रयोग गरेर पैसा खर्च गर्छौ तर थोरैबाट धेरै बचत गर्न नजानेर गरिब भएको थाहा छैन् । नगरपालिका–महानगरपालिका र गाउँपालिकाहरुमा जानकारी यसै पत्रिका मार्फत पुगोस भनी सबैमा जानकारी गराउछौ ।
 छिमेकी राष्ट्र भारतबाट आयात भएको एल्पी ग्याँस भनेको छिमेकी भारतलाई चित्त बुझे पाउने नभए नपाउने नाका नै बन्द गरेर दुःख पाउने हुन्छ । भन्ने कुरा हामीले बुझ्नु पर्छ भन्ने ज्ञान हाम्रो दिमाख हाम्रो सोचाईलाई जनचेतना छैन । तर अबको नयाँ हाम्रो सरकारले नयाँ सम्वृद्धि ल्याउनलाई घोषणा गरेको छ सम्वृद्धि भनेको नेपाली गरिब जनतालाई पनि हो कि सरकारलाई मात्र हो । भन्ने मुल्यांकन अब नेपाली जनताले गर्ने छन् । अब नयाँ वर्ष २०७५ लाई के कस्ता योजना आउने छन् । नेपाली जनताले बुझ्ने छन् । अब नेपालको कार्बन बचाउने अभियान अबको सरकारले उठाएको बुझिएको छैन । खाली ठुलाठुला परियोजनालाई समेटेको हुन्छ साना तिना योजनालाई चाही पछाडि नपारियोस भन्ने हाम्रो अपेक्षा छ । अब त स्थानिय सरकार बनेको छ । स्थानिय सरकारलाई पनि हामी नगरबासी गाउँपालिकाबासी जनताको अपेक्षालाई ध्यान दिन अनुरोध गर्दछौ । भन्ने सुचना भएकोले हामी सबै खाले कुरालाई समेटेर हेरी दिने र गरिबीको रेखा मुनी भएका नगरबासी गाउँपालिकाबासीहरु आशावादी छौ । भन्ने जिज्ञासा छ । अब प्रदेश सरकार स्थानिय सरकार र केन्द्रिय सरकार भनेको ३ वटा सरकार भईसकेको छ । अब नेपालीको गरिबी निवारण होला त ? भन्ने सबै जनताहरु आशामा बस्ने हो की भन्ने कुरालाई कसरी विश्वास गर्ने भन्ने ध्यानाकर्षण गरिरहेको छौ । 
अब मुलुकमा आर्थिक विकासलाई सरकार अघि बढने बाटो समेटेको छ भन्ने कुरामा विचार विमर्स गरेर हेर्दा स्थानिय चुनाव भन्दा अगाडि सम्म गा.पा, न.पा.मा एउटा सिफारिस बनाउँदा रु.१००।– मा हुँदै थियो अहिले रु.५००।– देखि रु.१०००।– सम्म सिफारिस अनुसार लाग्दैछ । भने अब गरिबीको रेखामुनी र रहेका नेपाली जनता पनि मुलुक भर ६५ प्रतिशत छन् भने स्वरोजगार हुनु प¥यो अनि मात्र मुलुकमा नयाँ सरकारले तोके बामोजिम मुलुकमा सम्वृद्धिको बोटो अघि बढ्ने छ । नभई नहुने कुरा छ । हुनलाई आर्थिक अथवा पैसा चाहियो अब के गर्ने ? अब पैसाको बाटो गरिब किसान भनेको आफुले उब्जाएको नगदेबालीको मुल्य नभए पछि के गर्ने चोर्ने, ढाँटने के गर्ने अब किसानालाई प¥यो संकटको भुमरी यसो केही बेचबिखन गर्न मुल्य नभए पछि के गर्ने ? रोजगार छैन । 
कैले रोजगारको बाटो आउँला र खाँउला भन्ने तिर आस गर्दा गर्दै जाने भो सास । सरकार भनेको सम्वृद्धिको भाषण गर्ने अलमल गर्ने जनतालाई अहिले भईहाल्छ रेलमार्ग जलमार्ग गाडिहरुलाई पुगको छैन पेसेन्जर कता जाने हो रेल चढेर कता जाने हो पानीजहाज चढेर अब सकारले पहिलो सम्वृद्धि भनेको कृषिलाई नै ध्यान दिनु प¥यो । कृषि मार्ग हुनु प¥यो रोजगार मार्ग हुनुप¥यो अनि मात्र जनतामा सम्वृद्धि आएछ भन्नु पर्छ कृषि क्षेत्रमा जान चेतना कार्यक्रम दिएर जनता माझ स्वरोजगारको अनुभूति हुन्छ । बजारीकरण हुनु प¥यो त्यतातिर सरकारको ध्यान जाओस घरमा भाडाँ बसाउने मेलो हुदैन कता जाने रेलमा पहिलो कुरा त नेपाली जनता गरिबीको चपेटो निवारण हुनु पर्छ त्यस पछि मात्र नेपालको प्रगति अघि बढेर जान्छ । लाखौ नेपाली रोजगार खोज्दै विदेशिएका छन् । घर बस्ने जेष्ठ नागरिकले के विकास होला । रोजगार नेपाल नै भइैदिए जानै पर्ने छैन कतै अर्काको मुलुकमा गरे जति नेपालमा गर्ने हो भने सुन्दर शान्त नेपाल हुने कुरा सर्वसाधारण जनताले पनि महसुुस गरेका छन् । अब सरकारले पक्कै पनि हामी गरिब नेपाली जनताका कुरा सुनिदिनु प¥यो जय विकास– जय नेपाल ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता