
इलाम, ९ साउनः छिन्नलता गीत पुरस्कार गुठीले वि.सं.२०७४को छिन्नलता गीत रचना तर्फ फिक्कलका ज्ञानेन्द्र गदाललाई प्रदान गरेको छ । प्रवासमा रहेर पनि नेपाली संगीतमा पु¥याएको योगदानको कदर गर्दै गदाललाई यस वर्षको गीत रचना तर्फ गदाललाई नगद ५१ हजार र सम्मानपत्र प्रदान गरिएको हो । इलामको सुर्योदय नगरपालिका–१० फिक्कलमा जन्मिएका गदालले चर्चित गीत ‘दिन ढल्यो अधेरी रातमा’, ‘भृकुटी बुद्ध जन्मेको पवित्र देश नेपाल’ लगायत ५ सय बढी गीतहरु रचना गरेका छन् ।
साथै उनको आधा दर्जन एल्बम बजारमा छन् । रेकर्ड भएका एकसय ५० भन्दा बढी गीतहरूमध्येबाट हाल पनि एक दर्जन भन्दा बढी गीतहरू सदाबहार लोकप्रिय छन् । विसं २०३९मा स्थापित गुठीले गीत, गायन, सङ्गीत विधामा उत्कृष्ट योगदान पुयाए बापत हरेक वर्ष छिन्नलता पुरस्कार प्रदान गर्दै आएको छ । त्यसैगरी छिन्नलता गीत पुरस्कार–२०७४ नेपाली चलचित्रकी पहिलो महिला संगीतकार एवम् गायिका शान्ती ठटाल र गीतकार शिवशंकर थापालाई प्रदान गरेको छ । छिन्नलता गीत पुरस्कार गुठीको जुरीले नेपाली संगीतमा लामो समयदेखि पुयाएको योगदानका लागि संगीतकार ठटाल र गीतकार थापालाई छिन्नलता विशेष सम्मान प्रदान गरेको हो ।
यो सम्मानको राशी पनि ५१ हजार रुपैयाँ छ । छिन्नलता गीत पुरस्कार यस वर्ष गायनमा संगीता राना प्रधान, संगीतमा वसन्त क्षेत्रीलाई प्रदान गरिएको छ । दुवै विद्याको राशी ५१ हजार रुपैयाँ नै रहेको छ । यस्तै छिन्नलता गीत पुरस्कार भने यो वर्ष निकै चर्चामा रहेको गीत– ‘कुटुमा कुटु’का लागि गायिका मेलिना राई तथा संगीतकार राजनराज शिवाकोटीलाई प्रदान गरिएको छ । यो पुस्कारको राशी ३५ हजार रुपैयाँ रहेको छ ।