शुल्क घटेपछि देवी माविको खुल्यो ताला

बिर्तामोड, १० साउनः शुल्क बृद्धिको बिषयमा सहमति भएपछि देवी मावि बिर्तामोडमा विगत १३ दिनदेखि लागेको ताला बुधबार खुलेको छ । नेपाल विद्यार्थी संघ झापा क्षेत्र नम्बर –२ले शुल्क बृद्धिको विरोध गर्दै प्रशाशन र लेखा शाखामा तालाबन्धी गरेको थियो । विद्यालयले कक्षा ११ र १२को मासिक शुल्क १२ सयबाट १५ सया पु¥याएपछि तालाबन्धी भएकोे थियो । बुधबार विद्यालय व्यवस्थापन समिति र विद्यार्थी संगठन बीच शुल्क समायोजनको सहमतिसँगै कक्षा ११मा १२५ रुपैयाँ र १२मा १०० रुपैयाँ शुल्क घटेको नेपाल विद्यार्थी संघ झापाका कार्यवाहक सभापति राजेन्द्र उप्रेतिले बताए ।  
विद्यालयले भवन निर्माणको नाममा ११ मा भर्ना हुने विद्यार्थीबाट प्रत्येक वर्ष ५०० रुयैयाँ लिँदै आएको र आगमी वर्षदेखि विद्यालयले उक्त रकम नलिने सहमति भएको नेविसंघ झापाका नेता मिलन चापागाईँले बताए । 
नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) झापाले विद्यालयले विगत २ वर्षदेखिको भवन निर्माण, शैक्षिक भ्रमणमा उठाइएको रकमको हिसाब किताब सार्वजनिक नगरेको, भर्ना र मासिक शुल्क बृद्धि गरेको लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका थिए । अनेरास्ववियु र अखिल क्रान्तिकारीले भने हिसाब किताब सार्वजनिक गर्ने निर्णय भएसँगै आन्दोलन स्थगित गरेको घोषण गरेका थिए । नेविसंघ भने शुल्क बृद्धि घट्नै पर्ने माग राखेर अघि बढेको थियो ।
यता विद्यार्थी संगठनको माग अनुसार भदौ पहिलोहप्ता भित्र विद्यालयले सबै हिसाब किताब सार्वजनिक गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानुराम प्रसाईंले बताए । 
नेविसंघले देवी माविको समस्या सम्बोधको मागसहित मंगलबार बिर्तामोड नगरपालिका र जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता