दुई बालिकाको डुबेर मृत्यु

धनगढी, २ साउन:  कैलाली पूर्वी क्षेत्रस्थित रोरा नदीमा नुहाउने क्रममा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–२ का संगीता ढकाल र पुष्पा धमाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
बाख्रा चराउन जंगल गएका बेला गर्मी बढेपछि नदीमा नुहाउन गएका वेला बालिकाको डुबेर मृत्यु भएको हो । 
बालिका डुबेको खबर पाउनासाथ घटनास्थलमा पुगेका प्रहरी टोलीले उद्धार गरेर लम्कीस्थित अस्पतालमा पु¥याएकोमा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको थियो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता