
इलाम ५ साउनः इलाम त्यसै पनि सुन्दर छ । इलाम संस्कृतिले पनि धनि छ । हरियाली प्रकृतिको सुन्दरता भएको इलाममा चियाबारीको हरियाली त छदैछ त्यसमा पनि चिटिक्क परेका काठका घरहरु घरको अगाडि काठैको वार्दली वार्दलीमा रंगीविरंगी फुलेका फुलहरु इलामको पहिचान हो ।

तपाई इलामका कुनैपनि गाउँमा जानुहोस आगन वरिपरी फुलेको फुलले स्वागत गरिरहेको हुन्छ । घरवरीपरि फुलेका फुलले घरको शोभा वढाए देख्नु हुने छ । इलाम आईपुगे पछि जो कोहीलाई पनि आफ्नो घरपनि सुन्दर फुलवारी भित्र देख्ने रहर अवश्य जाग्ने छ ।

इलाममा यो वर्षातको मौसमा विभिन्न जातका फुलहरु फुलेका छन् । घरआगन बेगुनिय, चमेली, लाहुरे, घण्टीफुल र विभिन्न जातका फुलहरुले ढकमक्क ढाकेको छ । वर्षाद्को समयमा फुल बचाउन गाह्रो हुने र यसलाई धेरै स्याहार गर्नु पर्ने बताउनु हुन्छ इलाम नगरपालिका १ साँखेजुङकी देविमाया भुजेल

फुल सुन्दरमात्र हैन घरको वातवरणलाई शान्त राख्न पनि मद्दत गर्दछ । इलामका महिलाहरु विहानबेलुका काम सकेर रहेको समयलाई फुलबारीमा सदुपयोग गर्ने गर्दछन् । सुन्दर फुलबारीमा जाँदा जो कोहिको मन पनि शान्त हुन्छ त्यसैले त पूर्वी नेपालका इलामका मानिस शान्त सोभावका भेटीन्छन् । फुलले घरको शाभामात्र बढाएको छैन टाडाटाडाबाट अउने पर्यटकको मन पनि लोभियाएको छ । शहर बजारमा फुलको नर्सरीको व्यापार भए पनि इलामका गाउँ गाउँको घरमा बाह्रै महिना ढकमक्क फुल फुलेको हुन्छ ।

इलामको सँस्कृतीलाई देशै भरी चिनाउन र अनुसरण गर्न सके साँच्चै नेपाल स्वर्ग भन्दा सुन्दर हुने थियो ।
