इलामका प्रविणलाई राष्ट्रिय नागरिक सेवा सम्मान २०७५ बाट सम्मानित

इलाम, ३१ असारः सत् बिचार राष्ट्रिय मासिक पत्रिकाको नवौ बार्षिकोत्सबको अबसरमा राजधानीमा सम्पन्न भएको सम्मान तथा बिबिध सास्कृतिक कार्यक्रममा इलामका गजलकार, रचनाकार तथा समाजसेवी प्रविण श्रेष्ठलाई राष्ट्रिय नागरिक सेवा सम्मान २०७५ बाट सम्मानित गरिएको छ । 
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमा बिसेष अतिथिहरुमा पूर्व मन्त्रि तथा संसद माननीय राधा ज्ञवाली, बरिष्ट गायिका, संचारकर्मी तथा राष्ट्रिय सभाको संसद माननीय कमल ओली लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
सत् बिचार राष्ट्रिय मासिक पत्रिकाले गरेको राष्ट्रिय नागरिक सेवा सम्मान २०७५ तथा बृहत सास्कृतिक समारोहमा आयोजित भब्य कार्यक्रममा प्रविण श्रेष्ठले प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालको हात बाट उक्त सम्मान पाएका हुन । 
 कार्यक्रमको सभापतित्व सत् बिचार राष्ट्रिय मासिक पत्रिकाको प्रबन्ध सम्पादक सिताराम कार्कीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता