
इलाम, २२ असारः इलामका युवा व्यवसायी समाजसेवी गीतकार गजलकार मोडल प्रविन श्रेष्ठले आज राहसल बाल अनाथलयका ३ जना बालबालिकाहरुको एसईई सम्मको शिक्षाको लागि बार्षिक रुपमा शैक्षिक सहयोग गर्ने प्रतिबद्धताका साथ नगद २५ हजार अनाथलयका अध्यक्ष राजेन्द्र चौहानलाइ चेक हस्तान्तरण गरेका छन।
उनले आज अनाथलयमा गएर सो चेक हस्तान्तरण गरेका हुन ।
केही समय अगाडि इलाम टी हाउसका हरि गुरुङले शुरु गरेको यो पवित्र अभियान अभियन्ताको रुपमा एक जना अर्को युवा व्यवसायी अभियन्ता थपिएका हुन । गुरूङले पनि ३ जना बालबालिकाकाे अध्ययनमा सहयाेग गरेका हुन । यसरी नै यी अनाथ बालबालिकाहरुको उज्वल भविस्यको लागि पुन्य दान कमाउन दानविर हातहरु सामाजिक उत्तरदायित्व अनुसार अरु व्यवसायी,बिजनेस हाउस अभियन्ताहरुको सहयोग जुटे थप अन्य वालबालिकाहरु पनि लाभान्वित एवम राहसल बाल अनाथालय सस्थालाइ थप सहयोग पुग्ने छ । अहिले अनाथ आश्रममा १५ जना बालबालिकाहरु आश्रित छन् ।

