इलामको राँकेमा ट्याक्टर दुर्घटना, चालक घाइते

इलाम, १३ असोजः मेचीमार्गको  देउमाइ नगरपालिका १ राँकेमा आज  साँझ ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
 को १ त ३४८२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा पाँचथर फाल्गुनन्द ३ निवासी अन्दाजी वर्ष २५ का ट्याक्टर चलाक सुवास राई घाइते भएका छन् ।  
राँके बजारको फोहोरलाई डम्पिङ साइडतर्फ लैजाने क्रममा ब्रेक फेल भइ ट्याक्टर दुर्घटना भएको हो । घाइते राईको इलाम अस्पतालमा उपचार भईरहेको जिल्ला ट्राफिक कार्यालय इलामले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता