
ताप्लेजुङ, १३ आश्विन , २०७५ ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबार देखि हवाइ उडान हुने भएको छ । पर्सि सोमबारबाट समिट एयरले उडान गर्ने भएको हो ।
सातामा एक दिन सोमबार नियमित उडान गर्न लागेको एयर लाइन्सका ताप्लेजुङ प्रतिनिधि प्रकाश लामाले बताउनुभयो । लामाका अनुसार टिकट बुकिङ खुला भएको छ । समिट एयरले काठमाडौंबाट १६ जना र ताप्लेजुङबाट १८ जना यात्रुलाई उडान गर्छ । भाडादर भने ७ हजार छ सय रुपैयाँ निर्धारण गरिएको लामाले बताउनुभयो ।