सहिद स्मारक ‘ए’ डिभिजन लिगः एनआरटीले आर्मीलाई बराबरीमा रोक्यो

उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लब पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो खेलमा एनआरटीसँग २–२ गोलको बराबरीमा रोकिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा आज भएको पहिलो खेलमा एनआरटीका रोजित पुडासैनी र राजेश परियारले गोल गरे । आर्मीका सन्तोष तामाङले दुवै गोल गरे । खेलको शुरुवातदेखि नै आर्मीले एनआरटीलाई दवावमा राखेपनि एनआरटीले १२औं मिनेटमा गोल गर्न सफल भएको थियो । पहिलोपटक आर्मीको पोस्टमा बल पु¥याएको एनआरटीले दोस्रो पटक प्राप्त कर्नरमा गोल गर्न सफल भएको थियो । कर्नरमा प्राप्त बललाई निशान लिम्बुले प्रहार गरेको बललाई रिवाउन्डमा रोजितले गोल गर्न सफल भएका थिए ।
तर, आर्मीले ३८औं मिनेटमा पेनाल्टीमार्फत बराबबरी गोल गर्न सफल भयो । एनआरटीका खेलाडीले डि–बक्समा ह्यान्ड गरेपछि आर्मीले पेनाल्टीको मौका पाएको थियो । जसमा सन्तोष तामाङ चुकेनन् र खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पनि आर्मीले खेललाई नियन्त्रणमा लिएपनि गोलगर्न भने निरन्तर चुकिरह्यो । आर्मी गोलका लागि चुकिरहँदा ६४औं मिनेटमा एनआरटीले गोल गर्न सफल भयो । एनआरटीका स्ट्राइकर राजेश परियारले मैदानको मध्यभागबाट एक्लै चरा डिफेन्डरलाई बिट गर्दै गोल गर्दै एनआरटीलाई २–१ को अग्रता दिलाएका थिए ।
खेलमा पछि परेपछि आर्मीले आक्रमक फुटबल खेलेपनि एनआरटीको बलियो रक्षापङ्ति तोड्न हम्मे–हम्मे परेको थियो । इन्जुरी समयमा गोलरक्षकले ६ सकेन्डभन्दा बढी समय बल होल्ड गरेको भन्दै रेफ्री सुदिश पान्डेले आर्मीलाई इनडारेक्ट फ्रिकिक दिएका थिए । फ्रिकिमा सन्तोष तामाङले गोल गर्दै आर्मीलाई हारबाट जोगाएका थिए ।
एनआरटीका गोलरक्षक अजित प्रजापतिले आर्मीका केही गोलको मौकालाई विफल पारिदिएका थिए । उनि नै खेलको म्यान अफ दि म्याच घोसित भए ।
त्यसअघि आर्मीका नवयुग श्रेष्ठले खेलको चौथो मिनेटमा फितलो प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले सहजै बचाएका थिए । १९औं मिनेटमा कप्तान भरत खवासले डि–बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार बाहिरिएको थियो ।
लिगको दोस्रो दिन आइतबार सरस्वती युवा क्लब र संकटा क्लबबीच दिउसो ३ बजेपछि सातदाबाटोस्थित एन्फा कम्प्लेक्समा खेल हुनेछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता