माटोको ढिस्कोले पुरिएर एउटै घरका तीन जनाको मृत्यु

लमही, १३ असोज (रासस) : माटोको ढिस्कोले पुरिएर आज एकै घरका तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका– ४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । मीना श्यामकुमारीकी भाउजु तथा रेजिना मीनाकी भतिजी हुन् । घर पोत्नका लागि माटो ल्याउन गएका तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि लमही अस्पताल लगिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता