
नोट :— यदि तपाईको सूर्य उच्च र अधिपति भए शुभ फल मिल्नेछ तथा यदि तपाईको सूर्य ग्रह नीचो र शत्रु भए अशुभ फल मिल्नेछ ।
ज्योतिष अनुसार सूर्यवारे सामान्य परिचय
उच्च हुने स्थान :— मेष
नीचो हुने स्थान :— तुला
मित्र :— चन्द्रमा, मंगल, बृहस्पति
शत्रु :— शुक्र, शनि
समः— बुध
अधिपतिः— सिंह
लिंग :— पुरुष ग्रह
दिशा :— पूर्व
शुभ रंग :— केसर,हल्का रातो
शुभ रत्न :— माणिक,रक्तमणि
शुभ संख्या :— १,१०,१९
देवाता :— शिव,रुद्र,नारायण,अग्नि
( बीज मन्त्र )
ऊँ ह्राम् ह्रीम् ह्रौम् से सूर्याय नम : ।
(वैदिक मन्त्र)
ऊँ आस्त्येन रजसा वर्तमानो निवेशयन्नमृतं मृत्र्य च ।
हिरण्येन सविता रथेनादेवी यति भुवाना विपश्यत् । ।
(स्वरुप)
कमजोर दृष्टि,छोटो कपाल,वर्गाकार,अत्याधिक चिडचिडापन,सुगठित शरीर ।
(शरीरको अंंगसँग यसको सम्बन्ध)
पित्त,वायु,हड्डि,मध्य भाग
(रोगहरु)
कमजोर दृष्टि, हृदय रोग, विषाक्तता, हड्डी भाँचिनु, मानसिक रोग, टाउको दुख्ने, माइग्रेन, चोट, छालाको रोग, पेट सँग सम्बन्धित रोग,भोक नलाग्ने आदि ।
(कारक)
प्रसिद्धि, शक्ति, स्वास्थ्य, पिता, राजनीति, वैद्य, चिकित्सक,आँखा, आत्मा, सरकार, सरकार सँग सम्बन्धित रोजगारी, साहस, सम्मानित पद, दलाली तथा कमीशन,पैतृक सम्पत्ति आदि ।
(व्यवसाय वा जीविका)
बन अधिकारी, सर्जक, आर्थिक व्यवसाय, राजसी सरकारी नियुक्ति, शासक, प्रवन्धक, प्रोत्साहक, स्वामी, डिजाइनर, उन व्यापारी ।
(विशिष्ठ गुण)
राजनीति तथा सरकार सँग सम्बन्धित रोजगार
स्रोत :— ज्यो.एकराज दुलाल