फाफोकथुममा निःशुल्क शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन हुने

इलाम, ५ मंसिरः इलामको फाकफोकथुम गाउँपालिकामा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन हुने भएको छ । पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल विराटनगर, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा इलाम र फाकफोकथुम गाउँपालिकाको कार्यालय इलामको आयोजनामा आँखा शिविर सञ्चालन हुने भएको हो । 
शल्यक्रिय शिविर सञ्चालन हुनु पूर्व छनौट विभिन्न ठाउँमा छनौट शिविर सञ्चालनहुने छन् । फाकफोकथुमको फएतप्पामा रहेको वडा भवनामा मंसिर १५ गते शनिबार, मंसिर १६ गते आइतबार लुम्देको वडा भवनमा, सिंहदेवी मा.वि. एकतप्पामा मंसिर १७ गते सोमबार, स्वास्थ्य चौकी भवन कोलबोटेमा मंसिर १८ गते मंगलबार र ज्याति आधारभूत विद्यालय ठिङ्गेपुरमा मंसिर १९ गते पाँच ठाउँमा छनौट शिविर सञ्चालन हुनेछ ।
छनौट शिविर सम्पन्न भए पछि आमचोकको स्वास्थ्य चौकी भवनमा मंसिर २०,२१ र २२ गते निःशुल्क  शल्यक्रिया शिवर सञ्चालन हुने नेपाल नेत्रज्यति संघ जिल्ला शाखाका सचिव विष्णु कार्कीले माइपोखरी न्युजलाई जनकारी गराए । उनले आँखा रोगीहरुलाई समयमै सम्पर्क राखेर मौकाको फाइदा उठाउन पनि अनुरोध गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता