जाडोको कपडा वितरण

बिर्तामोड,७ मंसिरः लायन्सक्लव अफ बिर्तामोड र लियोक्लब अफ बिर्तामोड सिनियरले शनिबार जाडोको कपडा वितरण गरेका छन् । जाडोबाट सबैलाई जोगाउने उद्देश्यका साथ कपडा वितरण गरिएको लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष गौँरीशंकर गुप्ताले बताए । 
कपडा शनिश्चरेरोडमा खुल्ला रुपमा वितरण गरिएको थियो । २ लाख रुपैयाँ बराबरको कपडा वितरण गरिएको लियो क्लब अफ बिर्तामोड सिनियरका अध्यक्ष मनिष पोद्दारले बताए । सिएमसंघ झापाको सहकार्यमा कपडा वितरण गरिएको हो । स्थानीय व्यापारी र व्यक्तिबाट संकलित कपडा ३०० बढीलाई वितरण गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्कीले जनाए । माघ १ गते पुनः कपडा वितरण कार्यक्रम राखिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता