इलाम पाथिभराको सिंडीबाट लडेर एकबालक घाइते

  • गोबिन्द पौडेल ,

रोङ  ८ मंसिर: पाथीभरा मन्दिरको दर्शनार्थ आएका एक परिवारले आज पिडा बोकोर फर्कनु परेको छ । 
 पारिवारिक रुपमा पाथीभरा मन्दिरको दर्शनार्थ आएका नवलपरासीका एक दम्पतीइका करिव आठ बर्षिय छोरा मन्दिरको सिंडीबाट लडेर घाइते भएपछि मन्दिर दर्शनको लागि आएका परिवारमा पिडा भएको हो । दिउसो करिव ११ तीस बजे भएको सो घटनामा  घाइते बनेका बालकलाइ उपचारको लागि झापा तिर लगिएको र उनको नाम थर नखुलेको एक प्रतक्ष दर्शीले बताए ।
 यता धार्मिक पर्यटकहरुको भिड लाग्ने गरेको मन्दिरमा सिडि बनेर आर्कषक त भएको छ नै तर धार्मिक लक्ष्यको साथ अपाङ्ग, र असक्त र बुढाबुढीहरु आउने भएकोले उनिहरुको लागि सिंडी अति नै अप्यारो भएको छ । सिंडीबाट सिधै उकालो भएकोले यस्तो समस्या आएको हो । मन्दिरमा जान बैकल्पिक बाटो पनि रहेको र सो बाटो अलि घुमाउरो र लामो भएको कारण भक्तजनहरु सिंडीबाटनै ओहोर दोहोर गर्ने गर्दा यस अघिपनि यस्ता समस्याहरु आएको स्थानिय हिमाल राइले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता