प्रतिपक्षको भूमिका कम्जोर भएकै हो–सिटौला (भिडियो सहित)

इलाम, ६ मंसिरः नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान परिस्थितिमा नेपाली काँग्रेसको प्रतिपक्षको भूमिका कम्जोर भएको स्वीकारेका छन् । उनले भने अव हुने महासमितिको बैठक पछि प्रतिपक्षको भूमिका शसक्त हुने छ । त्यस्तै उनले सरकार इतिहासकै नालायक सरकार भएको आरोप लगाएका छन् । सिटौलाले सरकारले नौं महिनाको अवधिमा एउटै पनि गणनायोग्य काम गर्न नसकेको बताए ।
हेर्नुहाेस् भिडियाे

इलाम सदरमुकाममा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार पूर्ण रूपमा असफल भएको दाबी गरे ।
नेता सिटौलाले वर्तमान सरकारले संवैधानिक सीमा नाघेर काम गरिरहेको पनि आरोप लगाए । ‘सरकार एक दलीय सोँचका साथ अघि बढिरहेको छ ।’ उनले भने, ‘सरकार मैले जे गरेपनि भन्ने स्वेच्छाचारी रुपमा लतारेर अघि बढिरहेको छ ।’ उनले लोकतन्त्रको माध्यमबाट सत्तामा पुगेको कम्युनिष्ट पार्टीले सत्तामा पुगेर लोकतन्त्र माथिनै प्रहर गर्न थालेको बताए ।
‘सरकारले जनताका लागि काम गर्न सकेन ।’ उनले भने,‘कम्युनिष्टहरू सरकार बलियो बनाउनभन्दा पनि पार्टी बलियो बनाउन लागि परेको छ ।
 कांग्रेस पूर्व महामन्त्री समेत रहेका सिटौलाले पार्टीले एकताबद्ध र सही तरिकाले काम गर्न नसक्नुको दोष भने पार्टी नेतृत्वलाई लाएका छन् । ‘पार्टी शीर्ष नेताले नै कार्ययोजना बनाएर काम नगरेपछि कार्यकर्ताले के गर्नु ?’ उनले भने, ‘अहिले त कांग्रेसको योजना नै छैन ।’
साथै सिटौलाले प्रेस स्वतन्त्रताको विषयमा कुनै संझौता नहुँने बताए ।
उनले सरकार पत्रकारले आफ्नो गुणगान मात्र गाओस् भन्ने चाहना राखेर उनीहरुको मनोबल गिराउने र त्रसित बनाउने काम गरिरहेको बताए । ‘पत्रकारलाई धरपकड गर्ने, तारेख राख्ने, मनोबल गिराउने काम सरकारले दोहोर्याइरहेको छ ’ उनले भने, ‘प्रेसमाथिको आक्रमण भनेको लोकतन्त्र माथिको आक्रमण हो यो स्वीकार्य हुन्न ।’ उनले प्रेसलाई अंकुश लगाउने गरी ल्याइएको मुलुकी संहीतामा पुनर्विचार गरिनु पर्ने पनि बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता