साँखेजुङमा जीप दुर्घटना, दुइको मृत्यु

इलाम नगरपालिका वडा नं. १ साखेजुङस्थित घाेप्टे भिरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । इलामबाट शान्तिडाँडा तर्फ जादै गरेको मे१ज ८१८ नं.को  सफारी मेची राजमार्गको वञ्चरे गोलाईबाट शान्तिडाँडा जाने कच्ची सडकमा बिहीबार साँझ दुर्घटनामा परेको हो । घटनास्थलमा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेहरुमा इलाम नगरपालिका वडा नं. १ बस्ने कैलाश गुरुङ र सोही स्थान बस्ने सुमन खनाल रहेका छन् । त्यस्तै घाईते हुनेहरु चालक रमेश गुरुङ सहचालक सुनिल गुरुङ र तुलसीकुमार बस्नेतको इलाम अस्पतालमा उपचार भईरहेको छ । उक्त सफारी राजमार्ग भन्दा करिब एक सय मिटर तल झरेको बताइएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता