किबी आम उपभोक्ताले सहजै उपभोग गर्न पाउनुपर्छः राङदान तामाङ

काठमाण्डौ । यो बेला किबीको सिजन हो । मध्यपहाडमा उत्पादन हुने किबी अहिले बजारमा आएका छन् । नेपालमा उत्पादन अहिले पनि सहज छैन र आम उपभोक्ताले सहज रुपमा उपभोग गर्न पाउन सकेको छैन । तर माग भने दिनप्रतिदिन बढ्दै गएको छ ।
नेपालमा यस अघि भारतीय किबीको विक्रि हुदै आएका थिए । तर पछिल्लो बर्षहरुमा नेपाली बजारमा नेपाली किबी बिक्रि भईरहेको छ । नेपाली किबी बजारमा अहिले रामेछापको दोरम्बाको किबीको माग अझ बढी देखिन्छ । रामेछापको दोरम्बा गाँउपालिका एक डडुवामा उत्पादन भएको किबी अहिले काठमाण्डौको विभिन्न ठाँउमा विक्रिका लागि राखिएको छ ।
९० रोपनीमा एक हजार सात सय विरुवा लगाएका रामेछापका राङदान तामाङलाई अहिले काठमाण्डौको बजारमा किबी विक्रि गर्न भ्याई नभ्याई छ । उनले लगाएको एक हजार सात सय बोट मध्ये झण्डै ६ सय बोटबाट उत्पादन भएको ३ हजार किलो किबी अहिले काठमाण्डौको बौद्ध, जोरपाटी, गौरीघाट, चावहिलमा विक्रिका लागि राखिएको छ ।
मूल्य घटायो
गतबर्ष राङदान तामाङले ३ सय देखि ४ सय रुपियामा बेचेको किबी यो बर्ष २ सय देखि ३ सय पचाससम्म बिक्रि गरेका छन् । पहिला बर्षमा आम उपभोक्ताले सहजै उपभोग गर्न नसकेको भन्दै यो बर्ष उनले मूल्य घटाएको बताउए ।
आगामी बर्षहरुमा सबै उपभोक्ताले सहजै उपभोग गर्ने गरी मूल्यू तय गर्ने उनको भनाई छ । जसका लागि सबै किसानलाई सरकारले प्रोत्साहन गर्नुपर्ने उनको माग छ । अहिले नेपाली बजारमा उत्पादन भएको किबी नेपाली बजारमा सबैसम्म पुग्न नसकेको र सबै नेपालीले उत्पादन उपभोग गर्ने गरी उत्पादनमा बृद्धि गर्नु पर्नेमा उनको जोड छ ।
किन खाने किबी ?
किबी विश्व बजारमा पछिल्लो पटक उदाएको फलको नाम हो । चिनिया कृषकले विभिन्न फलफुलको परिक्षणसंगै फलफुलको कलमीबाट उत्पादन गरेको किबी अहिले विश्व कृषी बजारमा गुणिलो फलको रुपमा लिने गरेको छ ।
किबीमा विभिन्न खनिज तत्वहरु हुने भएकाले किबीले स्वास्थ्यलाई राम्रो गर्ने किसानहरुको भनाई छ । किबी विशेषगरी मुटु तथा छाती रोगीलाई फाइदा गर्ने गर्दछ । त्यस्तै विभिन्न रोगीहरुलाई पनि किबीले फलदायी हुने बताईन्छ ।
नेपालका कहिलेदेखि सुरुभयो ?
नेपालमा स्वीस इन्जिनियरले रामेछापमो बाम्ती भण्डारमा र दोलखाको बोजमा लगाएको किबीलाई नै नेपालको पहिलो किबी खेतीको रुपमा लिने गर्दछ । नेपालको विभिन्न जिल्लामा अहिले किबी को व्यवसायीक
खेती हुँदै आएको छ । रामेछाप, दोलखा, इलाम, पाँचथर, बाग्लुङ, लगायत मध्यमपहाडी जिल्लाहरुमा अहिले किबीको खेती भईरहेको छ । आधिकारीत तथ्यांक नभएपनि नेपालमा प्रत्येक बर्ष ४ देखि ५ मेट्रिकटन किबी उत्पादनमा बृद्धि हुने बताईन्छ । अहिले रामेछाप, इलाम, दोलखा, मकवानपुर, बागलुङमा व्यवसायिक उत्पादन भईरहेको छ ।
किबी त्यसै नखानुस्ः
रामेछापको दोरम्बा एकका किसान राङदान तामाङ किबी सितैमा नखाउनुस् भन्ने सल्लाह दिन्छन् । उनी भन्छन्ः एक रुपियाँ भए पनि किसानलाई दिनुस् उसलाई किबी उत्पादनमा हौसला बढ्छ । किबी सिजनल फल हो ।
यो बर्षको एक सिजन हुने फल हो । किबी जूस तथा वाईन बनाउ पनि प्रयोग हुन्छ । किबीको उत्पादन बढेमा देशले पनि अर्थ उपार्जन गर्न सकिन्छ । किसानलाई किबी उत्पादनमै जोड दिऊ.. किसान त्यहीबाट बाँच्न सकिन्छ उनी थप्छन् । नेपाल पर्यटनको सम्भावन बोकेको देश हो । विदेशी पर्यटकलाई किबीबाट बनेको परिकार दिउँ उनीहरुले नेपालको स्वाद लिएर जान्छन् र नेपाललाई किबीले चिनाउछ । अहिले उनले उत्पादन गरेको किबीबाट वाईन उत्पादन पनि सूरु गरिएको छ । किबी बहु उपयोगी फल भएकाले किबी उत्पादनमा किसानलाई जोड दिन सरकारले पनि विभिन्न योजनाहरु अघिसार्नुपर्ने उनको माग छ ।
अवज नेपालबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता