
इलाम, ६ मंसिरः सन् राइज बैंक शाखा कार्यालय इलामले आफ्नो ११ अाैँ वार्षिक उत्सवको आवसरमा राहासल बल अनाथालयमा वृक्षारोपण तथा भवन निमार्णका लागि आर्थिक सहयोग गरेको छ ।
इलाममा रहेको शाखा कार्यलयले गोलाखर्क भञ्याङमा रहेको राहासल वाल अनाथलयमा फलफुलको विरुवा रोपेको हो । अनाथलय परिसरमा विभिन्न जातका २५ वटा विरुवाहरु रोपेको थियो । साथै वैंकले अनाथलयको भवन निर्माण अभियानमा ३० हजार रुपयाँ आर्थिक सहयोग पनि गरेको छ ।
वैंकका सञ्चालन अधिकृत अजित बान्तवाले संयोजन गरेको कार्यक्रमा वैंकका कमर्मचारी तथा भवन निर्माण उपसमितिका संयोजक एवम् सदस्यहरुको उपस्थिति रहेको थियो ।

अहिले वाल अनाथलयमा १५ जना बालबालिका आश्रित रहेका छन् भने चन्द्र राईको संयोजनमा अनाथलयको भवन निर्माणको लागि अभियान सञ्चालन भई रहेको छ ।