- बिमल अधिकारी

कार्तिक, ०६ देउमाइ : इलाम जिल्ला देउमाइ नगरपालिका वार्ड न ५ मा बसोबास गर्दै आउनु भएका ८६ बर्षिया राम चन्द्र भट्टराईको निधन भएको १३ औ दिनको पुण्य तिथिमा एक अक्षयकोषको स्थापाना गरिएको छ। उहाकि श्रीमती टीका माया भट्टराई ,छोराहरु तारानाथ भट्टराई ,बेद प्रसाद भट्टराई ,राधा भट्टराई ,भेषराज भट्टराई र याम भट्टराई त्यस्तै छोरीहरु कोपिला आचार्य ,रमा घिमिरे ,भावना घिमिरे र सिता घिमिरेले रु एक लाखको रामचन्द स्मृति अक्षयकोषको स्थापना गर्नुभएको हो।
श्री भानुभक्त मा.वि. मङ्गलबारे इलाममा प्राविधिक शिक्षा अन्तर्गत इन्जिनियरिङ्ग तर्फ उत्कृष्ट बिध्यार्थिलाइ प्रोत्साहित गर्ने तथा सहयोग गर्ने उदेश्य राखी यो अक्षयकोषको स्थापना गरिएको हो। हिजो १३ औ दिनको पुण्यतिथिमा उक्त कोष भानुभक्त माबीका प्रधानाध्यापक बाशुदेब कट्टेल र शिक्षक कृष्ण बराललाई संयुक्त रूपमा हस्तान्तरण गरिएको मृतकका नाति नवीन भट्टराईले बताउनु भयो।