
श्रीशालिवाहनीय शकः १९४०,विरोधकृत् नाम संवत्सरे,दक्षिणायने,हेमन्त ऋतौ, वि.सं. २०७५ मंसिर ६ गते बिहिवार , ईसवीय सन् २०१८ नोभेम्वर २२ ,कार्तिक शुक्ल चतुर्दशी,सूर्योदय विहान ६ः२९ ,सूर्यास्त बेलुकी ५ः९, नक्षत्रःभरणी, योगः वरियान, करणः वणिज, चन्द्र राशिः मेष
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) — बाहन सुख होला । चिताएको कार्य सफल हुनेछ ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) — यात्रामा मालसामान हराउन सक्ने योग रहेको छ । स्वास्थ्य सामान्य रहला ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) — बैदेशिक क्षेत्रमा निकै आयआर्जनका स्रोतहरु मिल्नेछन् । मित्रबाट सुख होला ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) — सामाजिक प्रतिष्ठामा बृद्धि होला । नसोचेको ठाउँबाट धन प्राप्त होला ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) — कार्यक्षेत्रबाट सुख भएतापनि मानसिक चिन्ता बढ्ला । धार्मिक क्षेत्रमा मन जाला ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) — घर परिवारमा समृद्धि छाउला । नयाँ जोस र जाँगरले काममा फाइदा पुग्ला ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) — अधुरा कामहरु पुरा होलान् । शरीरमा आलस्य बढ्ने योग छ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) — मनोरञ्जनका कृयाकलापमा सामेल हुनु पर्ला । काममा बाधा होला ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) — समझदारीमा काम गर्न सकिनेछ । प्रेम प्रसंग सफल रहला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) — लगनशीलताले कामहरु बन्न सक्छन् । राजनैतिक क्षेत्र सफल रहला ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) — जग्गाको मुद्या मामलामा अल्झिनु पर्ने देखिन्छ । नयाँ ज्ञान सिक्ने मौका रहेको छ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) — जिद्धीपनाले कामहरु विग्रन सक्छन् । इच्छा र आकाङ्क्षा पूर्ण होलान् ।
“कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”