इलाम जमुनाको चोयाटारमा रेडपाण्डा मृत फेला

इलाम, ५ मङ्सिरः यहाँको जमुनास्थित चोयाटार सामुदायिक वनमा एउटा रातो हाब्रे (रेडपाण्डा) चितुवाले सिकार गरेर मरेको अवस्थामा फेला परेको छ । 
करीब दुई वर्ष उमेरको रेडपाण्डा सिकार गरेर पुच्छर र शरीरको केही भागमात्र बाँकी रहेको अवस्थामा फेला परेको हो । रेडपाण्डालाई घाँस काट्ने व्यक्तिले मरेको अवस्थामा फेला पारेपछि सामुदायिक वनलाई खबर गरेका थिए । चोयाटार सामुदायिक वनका अधिकृत विशाल गुरुङका अनुसार रेडपाण्डाको शरीर हेर्दा चितुवाको आक्रमणबाट मारिएको पत्ता लागेको हो । केही समयअघि पनि जङ्गली जनावरले सिकार गरेर मरेको अवस्था दुई वटा रेडपाण्डा यसै अवस्थामा फेला परेका थिए । यस वर्षमात्रै योसहित तीन वटा रेडपाण्डा कुकुर र चितुवाको सिकार भैसकेको छ । रासस
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता