दमकमा क्याफे लफडा : १५ जनाको आक्रमण, एक घाइते

२०८२ असोज १२, आइतबार — दमक (झापा)।


 झापाको दमकस्थित ब्रोडवे क्याफेमा गएराति लफडा हुँदा एक युवक घाइते भएका छन्।

दमक–५ का ३१ वर्षीय सुवास तामाङलाई करिब १५/१६ जनाको समूहले लाठी, रड र बियरको बोतल प्रहार गरी आक्रमण गरेको प्रहरीले जनाएको छ।

आक्रमणमा दमक–८ का सुमन शाही (३४/३५ वर्ष), त्यही स्थानका ‘कोब्रा’ नामले चिनिने मुर्सिदका छोरा (३३/३४ वर्ष), गौरादहका ‘मन्त्री’ भनेर चिनिने एक युवक (३०/३२ वर्ष) लगायतको संलग्नता देखिएको छ।

घाइते तामाङलाई तत्कालै निम्स अस्पताल दमकमा भर्ना गरिएको छ। अस्पतालले उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको जनाएको छ।

आज बिहान अस्पतालबाट खबर आएपछि इलाका प्रहरी कार्यालय दमकले घटनास्थलमा टोली खटाएको छ। संलग्नहरू फरार रहेको र उनीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment