- बिमल अधिकारी

कार्तिक ४ देउमाइ : देउमाइ नगरपालिकाको मंगलवारेमा सात दिने मन्टेश्वरी तालिम सम्पन्न भएको छ। देउमाइ नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा संचालित उक्त तालिममा देउमाइ नगरपालिका सामुदायिक तथा सस्थागत गरि जम्मा अड्चालिस जना शिक्षक, शिक्षिकाहरुको सहभागिता रहेको तालिम गत कार्तिक २८ गते बाट सन्चालन भएको थियो।
शैक्षिक तालिम केन्द्र झापाका प्रशिक्षक हरि भक्त दहालले सहजीकरण गर्नु भएको तालिममा खेल विधि , अङ्ग्रेजी तथा नेपाली कबिता तथा गित हरुको माध्यम बाट गरिने सिकाइ, बालबालिकाको रुचिका आधारमा कसरी सिकाइलाइ प्रभावकारी बनाउने, कक्षामा अङ्ग्रेजी भाषालाइ कसरी प्रयोग गर्ने, बालमैत्री कक्षा कसरी सन्चालन गर्ने लगायतका बिषयमा प्रशिक्षण गराइएको थियो। समापन कार्यक्रम भानुभक्त माबी का प्रधानाध्यापक बाशु देब कट्टेलको सभापति तथा देउमाइ नगरपालिका प्रमुख सुर्य प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा भानुभक्त माबीमा सम्पन्न भएको थियो ।

बिहानि र दिवा गरि दुई समुहमा संचालित तालिम देउमाइ नगरपालिका शिक्षा तथा खेलकुद शाखाको सभाहलमा भएको थियो। देउमाइ नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख रुपेन्द्र प्रसाद न्यौपाने ,मङलबारे श्रोत ब्याक्ति ज्ञानु बराल कट्टेल, लामो समय अघि बाट शैक्षिक अभियानमा लाग्नु भएका शिक्षक चेत प्रसाद दबाडी लगायतको उपस्तिथि रहेको थियो।
यो तालीम ,तालिमका लागि तालिम मात्रै नभएर शैक्षिक छेत्रमा साच्चिकै परिबर्तन ल्याउने उदेस्यले आयोजना भएको र तालिममा सिकेको ज्ञानलाई लगेर आफ्नो बिधालयका अन्य शिक्षकलाइ पनि बाड्नुका साथै तत्काल बाटनै सो को प्रयास थाल्ने सहभागी हरुले बताएका छन।