मौसम खुले सँगै पानीटारमा पर्यटकको चहलपहल शुरु

  • विनय तिम्सीना

इलामः इलाम लगायत देश भर नै मौसममा सुधार आएको छ । मौसम खुलेसँगै इलामको पर्यटकीय स्थल पानीटार घुम्न आउने पर्यटकको सङ्ख्या पनि वढेको छ । 
इलाम सदमुकामबाट मेची राजमार्गको १७ किलोमिटर यात्रा गरेर नेपालटार मंगलबारे सडक हुँदै गाग्रेभञ्ज्याङ सम्मको ११ किलोमीटर बाटोबो यात्र गरेर २ किलोमिटर कच्ची सडक पार गरे पछि एउटा स्वर्गको टुक्रा झैँ लाग्ने सुन्दर ठाउँ पुगिन्छ । इलामको देउमाई नगरपालिकामा पर्ने पानीटार थुम्का थुम्का डाँडामा हरियाली चिया बगनले जो कोहीको पनि मनै लोभ्याउने गरेको छ । 
पानीटार चियाबारीको थुम्कोहरुमा वसेर इलाम, झापा, मोरङ सुन्सरी र पाँचथरको अवलोकन गर्दै  भारतको दार्जिलीङ, पश्चिम वंगालको अवलोकन गर्न सकिन्छ । 
अहिले पानीटारमा घुम्न आउने पर्यटकको सङ्ख्यामा निक्कै वृद्धि भएको र पानीटारलाई मनोरहम बनाउन विभिन्न कार्यहरु भइरहेको स्थानीय शैलेस तामाङ वताउँछन् । 
नेपाल चिया विकास निगमको चियाबारी र स्थानीय वासिन्दाको चियाबारीले ढाकेको पानीटार पुगे पछि साच्चीकै स्वर्गको अनुभुति गर्न सकिन्छ । इलामको कन्याममा भन्दा शान्त र मनोरम वातावरण भएको पानीटार नेपालको पर्यटनको लागि उत्कृष्ट गन्तव्य हुन सक्छ । पानीटारमा खान वस्नको त्याती राम्रो व्यवस्था नभए पनि नजिकै भएका घरहरुमा होमस्टेको व्यवस्था भने रहेको छ । 
काठमाण्डौबाट पानीटार घुम्न आएका  विशाल अधिकारी भन्छन् काठमाण्डौका धुँवा धुलोले दिक्क भएका मानिसका लागि इलामको पानीटार एउटा महत्वपूर्ण गन्तव्य भएको छ । शान्त र हरियाली वातावरणले जोकोहीको पनि मन तन्न सक्ने स्थानको पानीटारलाई पर्यटकले रोज्न सक्ने पनि उनी वताउँछन् ।
काठमाण्डौ घर भई इलामको मंगलबारे माइत भएकी एलिना श्रेष्ठलाई पनि इलामको पानीटार सुन्दर लाग्छ उनी जहिले आउँदा पनि परिवार सँग पानीटार घुम्न आउने गरेको वताउँछिन । इलाम अएपछि सम्पूर्ण परिवार सहित पानीटार घुम्न आउने गरेको पनि उनी वताउँछिन् ।
हिउँदको समयमा अन्तरीक पिक्नीक स्पोट भएको पानीटरमा मायालु जोडिहरुको डेटिङ स्पोट भने राम्रो भएको स्थनिय  वताउँछन् । पानीटारका चियाबारीका थुम्का थुम्का भएकोले प्रेमजोडीहरुलाई एकान्त ठाउँ प्रयप्त छ । नव विवाहीत जोडीको लागि पनि यो उत्कृष्ट हनिमोयन स्पोट वन्नेको छ । थुम्का थुम्का डाँडामा हावा सँगै आकाशवाट आएर जमिन छुने हुस्सुले त झन मनै लोभ्याउने दृष्य देखिन सकिन्छ । पानीटारमा स्थानीय दुई चार घण्टा घुम्नकोलागि भने धेरै पर्यटक अउने गरेका छन । कहिले काही विदेशवाट चियाबारी र चियाखेतीको अवलोकन गर्न पनि पर्यटकहरु आउने गरेका छन् । तर  प्रसार प्रचारको अभावमा घुम्नैका लागि भनेर विदेशी पर्यटक भने खासै आउने गरेका छैनन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता